श्री शालवाहनीय शाके १९४७ ने.सं. ११४६ वि.सं. २०८२ साल पुस १३ गते आइतबार, २८ डिसेम्बर २०२५, सिद्धार्थीनाम संवत्सर। पौष शुक्लपक्षको अष्टमी तिथि १२ः१९ बजेसम्म, उप्रान्त नवमी, नक्षत्र उत्तरभाद्र ०९ः०० बजेसम्म, उप्रान्त रेवती, चन्द्रमा राशि मीन, सूर्योदय ०६ः५३ बजे र सूर्यास्त ०५ः१७ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

धेरै लगानी गर्दा कममात्र फाइदा हुनेछ। अर्थअभाव खट्किनाले चिताएको काम पूर्ण नहुन सक्छ। 

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

बनिसकेको काम दोहो¥याउनु पर्ला। समय दिन नसक्दा काम अधुरो रहनेछ। लगानी बढाउनुपर्ने देखिन्छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। शुभचिन्तकहरू समेत टाढा हुनेछन्। 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

साथीभाइको सहयोगले यात्रा हुनेछ।आँटले काम सम्पादन गर्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। मनग्य आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने योग छ। 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

थोरै लगानीबाट धेरै नाफा उठाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ।थालेको कामले राम्रै लाभ दिलाउनेछ।    

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

भौतिक साधन जुट्नाले व्यवसायबाट विशेष फाइदा हुनेछ। लोकप्रियता हासिल गर्न सकिनेछ। 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

नोकरी तथा व्यवसायमा विशेष फाइदा होला। नयाँ काम थाल्नुअघि राम्ररी विचार पु¥याउनु होला। 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

श्रम परे पनि उचित मूल्य प्राप्त नहुन सक्छ। तापनि काम देखाएर केही फाइदा उठाउन सकिनेछ। 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

प्रयत्न गर्दा पदीय जिम्मेवारी पाइनेछ। थालेको कामलाई पनि निरन्तरता दिन सकिनेछ।