श्री शालवाहनीय शाके १९४७ ने.सं. ११४६ वि.सं. २०८२ साल पुस ८ गते मङ्गलबार, २३ डिसेम्बर २०२५, सिद्धार्थीनाम संवत्सर। पौष शुक्लपक्षको तृतीया तिथि १२ः२४ बजेसम्म, उप्रान्त चतुर्थी, नक्षत्र श्रवण भोलि ०७ः१७ बजेसम्म, उप्रान्त धनिष्ठा, चन्द्रमा राशि मकर, सूर्योदय ०६ः५१ बजे र सूर्यास्त ०५ः१३ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। नोकरी तथा व्यवसायमा विशेष फाइदा होला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
रुचिका विषयमा लगानीसमेत बढाउन सकिनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
परिस्तिथिवश काममा ढिलासुस्ती हुनसक्छ। सामाजिक समस्या सुल्झाउने जिम्मेवारी आउन सक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
काम रोकिनाले मन खिन्न रहनेछ। अध्ययनमा पछि परिनेछ भने व्यापारमा सोचेको फाइदा नउठ्ने देखिन्छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
केही बाध्यात्मक परिस्थितिमा अल्मलिनुपर्ला। श्रम परे पनि भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
पहिलेका समस्या दोहोरिनाले अलमल बढ्नेछ। खानपानको असावधानीले स्वास्थ्यलाई हानि गर्न सक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
काम बिग्रने भयले सताउनेछ । न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। गोपनीयता बाहिरिनाले समस्या पर्ला।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आम्दानी रोकिनाले केही योजना रोकिन सक्छन्। ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कामको चाप पनि बढ्न सक्छ।साथीभाइसँग रमाइलो भेट हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखार आउनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आकर्षक उपहारले उत्साह जगाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ । अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
परिवारजनको साथले उत्साह जगाउनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ।































