श्री शालवाहनीय शाके १९४७ ने.सं. ११४६ वि.सं. २०८२ साल पुस ७ गते सोमबार, २२ डिसेम्बर  २०२५, सिद्धार्थीनाम संवत्सर। पौष शुक्ल पक्षको द्वितीया तिथि ११ः०४ बजेसम्म, उप्रान्त तृतीया, नक्षत्र उत्तराषाढा भोलि ०५ः४२ बजेसम्म, उप्रान्त श्रवण, चन्द्रमा राशि धनु, सूर्योदय ०६ः५० बजे र सूर्यास्त ०५ः१३ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
नयाँ जिम्मेवारी प्राप्त हुने समय छ। सामाजिक काममा रुचि बढ्नेछ। रोकिएको कामले पनि निकास पाउनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। कर्मक्षेत्रमा गरिएको साधना सिद्ध हुनेछ । मिहिनेतले लक्ष्यमा पुर्याउनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।प्रतीक्षित नतिजा कमजोर देखिनाले केही काम दोहोर्याउनुपर्ला।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
स्वास्थ्य कमजोर रहनाले औषधि–उपचारमा खर्च बढ्नेछ। यात्रा अलि कष्टपूर्ण हुनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समस्या दर्शाउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। काम बन्न समय लागे पनि सकारात्मक सङ्केत प्राप्त हुनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अप्ठ्यारो स्थितिमा समेत केही काम बन्नेछन्। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ।  

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ।  

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ। रुचिका विषयमा लगानी बढाउन सकिनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ । पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
चुनौती पन्छाएर काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा पनि विजयी भइनेछ।  

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
व्यापारलगायत आर्थिक लाभ लिने योजना कार्यान्वयन हुनेछन्। दिगो काम सुरु गर्न सकिनेछ।