श्री शालवाहनीय शाके १९४७ ने.सं. ११४६ वि.सं. २०८२ साल पुस ६ गते आइतबार, २१ डिसेम्बर २०२५, सिद्धार्थीनाम संवत्सर। पौष शुक्लपक्षको प्रतिपदा तिथि ०९ः२६ बजेसम्म, उप्रान्त द्वितीया, नक्षत्र पूर्वाषाढा भोलि ०३ः४७ बजेसम्म, उप्रान्त उत्तराषाढा, चन्द्रमा राशि धनु, सूर्योदय ०६ः५० बजे र सूर्यास्त ०५ः१३ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

नैतिक प्रतिष्ठा जोगाउन सजग रहनुपर्ला। परिस्थिति अनुकूल रहे पनि अरूका लागि बुद्धि खर्चनु पर्नेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

आँटेको काममा अरूको मुख ताक्नाले पछि परिनेछ। प्रतिफल हातपार्न केही समय लाग्नेछ। 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

अरूको करकापमा काम गर्न बाध्य भइनेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने स्थिति आउन सक्छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

परिबन्दले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। सामान्य कामलाई पनि निकै मिहिनेत पर्नेछ। 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। पछिका लागि सम्भावना देखिए पनि तत्काल फाइदा उठाउन नसकिएला।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

 आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउनेछन्। श्रम परे पनि उपलब्धि कम मात्र प्राप्त हुनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

स्वास्थ्यमा अलि कमजोरी अनुभूति हुनेछ।पेसा–व्यवसायमा विशेष लाभ लिने समय छ।  

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

व्यापार बढ्नेछ भने आम्दानी पनि प्रशस्तै बढ्नेछ। विभिन्न भौतिक साधन जुट्नेछन्। 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

कामले यात्राको अवसर दिलाउन सक्छ। नयाँ ज्ञान सिक्ने मौका छ। दाम्पत्य जीवन रमाइलो रहनेछ। 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आतिथ्यपूर्ण सम्मान पाइनेछ।स्रोतसाधन जुट्नाले मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

प्रतिस्पर्धामा विजयी भइनेछ भने द्वेष तथा ईष्र्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ।  

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

व्यापारलगायत आर्थिक लाभ हुने नयाँ काम प्रारम्भ हुनेछ। रोकिएका काम बन्नाले काममा उत्साह जाग्नेछ।