श्री शालवाहनीय शाके १९४७ ने.सं. ११४६ वि.सं. २०८२ साल पुस ४ गते शुक्रबार, १९ डिसेम्बर २०२५, सिद्धार्थीनाम संवत्सर। पौष कृष्णपक्षको औंसी तिथि भोलि ०७ः३० बजेसम्म, उप्रान्त प्रतिपदा, नक्षत्र ज्येष्ठा ११ः०६ बजेसम्म, उप्रान्त मूल, चन्द्रमा राशि वृश्चिक, सूर्योदय ०६ः४८ बजे र सूर्यास्त ०५ः१२ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
गरेका कामबाट तत्काल फाइदा उठाउन मुस्किलै पर्नेछ । ठूलो उपलब्धि हातलागी नहुने देखिन्छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
स्वास्थ्य कमजोर रहनाले नयाँ काममा जुट्न नसकिएला। गरिएका कामलाई भने निरन्तरता दिन सकिनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। अरूको स्वार्थका लागि उपयोग भइएला। पेसामा केही मन्दी आउन सक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनुका साथै मनग्य धनलाभ हुनेछ। दिन मनोरञ्जनपूर्ण रहनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सोख पूरा हुनेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग छ। नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
व्यवसायका लागि यात्राको सम्भावना छ। सुमधुर दाम्पत्यले प्रफुल्लित भइनेछ। मित्रताको बन्धन कसिनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ।व्यापारलगायत आर्थिक लाभ हुने काममा मनग्य फाइदा हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मिहिनेतले राम्रै प्रतिफल दिलाउनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा पनि विजयी भइनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पहिले ईष्र्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
छिटो फल प्राप्त गर्ने आकाङ्क्षाले समस्या निम्त्याउनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनु पर्ला।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
नयाँ काम थाल्नुअघि राम्ररी विचार पु¥याउनुहोला। परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ। बौद्धिक व्यक्तित्वहरूसँग अनावश्यक प्रतिस्पर्धा हुनसक्छ।
































