श्री शालवाहनीय शाके १९४७ ने.सं. ११४६ वि.सं. २०८२ साल पुस २ गते बुधबार, १७ डिसेम्बर २०२५, सिद्धार्थीनाम संवत्सर। पौष कृष्णपक्षको त्रयोदशी तिथि भोलि ०२ः५२ बजेसम्म, उप्रान्त चतुर्दशी, नक्षत्र विशाखा ०५ः२८ बजेसम्म, उप्रान्त अनुराधा, चन्द्रमा राशि तुला, सूर्योदय ०६ः४७ बजे र सूर्यास्त ०५ः११ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
छोटो समयमा मनग्य फाइदा हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखार आउनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनुका साथै मनग्य धनलाभ हुनेछ। दिन मनोरञ्जनपूर्ण रहनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सोख पूरा हुनेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग छ। व्यापारको बहानामा रमाइलो यात्रा हुनसक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। पुरुषार्थले प्रतिस्पर्धीहरूको मनोबल कमजोर पार्न सकिनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
पहिलेका दुश्मनहरूले समेत मित्रताका हात अघि बढाउनेछन्। स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आँटेको काम सम्पादन हुने समय छ। प्रयत्न गर्दा साथीभाइसँगको असमझदारी सम्झौतामा टुंगिनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
बुद्धिको उपयोगले समस्या सुल्झनेछ। आफ्नो पक्षमा ल्याउन सकिनेछ। विवेकले काम लिने प्रयत्न गर्नुहोला।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। दोहो¥याएर प्रयत्न गर्दा रोकिएको काम पनि सम्पादन हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सहयोगीहरूसँग केही असमझदारी बढ्नेछ। आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन्।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। विवादास्पद काममा जुट्नुपरे पनि धन आर्जन गर्न सकिनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रतीक्षित नतिजा कमजोर देखिए पनि थप कामतर्फ उत्साहित भइनेछ। थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ।
































