श्री शालवाहनीय शाके १९४७ ने.सं. ११४६ वि.सं. २०८२ साल मङ्सिर २८ गते आइतबार, १४ डिसेम्बर २०२५, सिद्धार्थीनाम संवत्सर। पौष कृष्णपक्षको दशमी तिथि ०७ः०८ बजेसम्म, उप्रान्त एकादशी, नक्षत्र हस्ता ०८ः३३ बजेसम्म, उप्रान्त चित्रा, चन्द्रमा राशि कन्या, सूर्योदय ०६ः४६ बजे र सूर्यास्त ०५ः१०बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
रोकिएका काम पुनः प्रारम्भ गर्न सकिनेछ। द्वेष तथा ईष्र्या गर्नेहरूले हार खानेछन्।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला, विस्तारै फाइदा हुनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। प्रतिस्पर्धामा केही गुमाउनुपरे पनि विजयी भइनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
लामो यात्राका लागि केही रकम खर्च हुने समय छ।परिस्थितिवश चिताएको काममा अलमल हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कामको मेसो नमिल्दा योजना पूर्ण नहुन सक्छ। हल्लाको पछि लाग्दा दुःख पाइनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउलान्। अध्ययनमा समय दिन नसकिए पनि बुद्धिको उपयोगले लाभ हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
व्यवसायमा आंशिक फाइदा हुनेछ। परिस्थितिअनुसार चल्न नसक्दा अलि दुःख पाइनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
हतारको निर्णयले काम बिग्रन सक्छ। महŒवाकाङ्क्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पु¥याउन सक्छन्।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
बेसुरमा दिइएको वचनले अप्ठ्यारो पार्न सक्छ। अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला। आमाको सहयोग लिँदा काममा फाइदा उठाउन सफल भइनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
जिम्मेवारी प्राप्त भए पनि फाइदा उठाउन केही सङ्घर्ष गर्नुपर्ला। होस नपु¥याउँदा केही समस्या आउन सक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
दाजुभाइमा असमझदारी बढ्न सक्छ। तापनि नयाँ काम प्रारम्भ गर्ने समय छ। व्यवसायमा राम्रै लाभ हुनेछ।
































