श्री शालवाहनीय शाके १९४७ ने.सं. ११४६ वि.सं. २०८२ साल मङ्सिर २५ गते बिहीबार, ११ डिसेम्बर २०२५, सिद्धार्थीनाम संवत्सर। पौष कृष्णपक्षको सप्तमी तिथि ०२ः१४ बजेसम्म, उप्रान्त अष्टमी, नक्षत्र पूर्वफाल्गुनी भोलि ०४ः०९ बजेसम्म, उप्रान्त उत्तरफाल्गुनी, चन्द्रमा राशि सिंह, सूर्योदय ०६ः४४ बजे र सूर्यास्त ०५ः०९ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

अरूको विश्वास गर्दा काम रोकिन सक्छ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। मान–सम्मान प्राप्त हुनेछ।  

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

व्यापार बढ्नाले मनग्य धनलाभ हुनेछ। चिताएका काम सम्पादन हुनेछन्।मित्रजनको साथले पनि हिम्मत जगाउनेछ। 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

सुखद् समाचारले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

विगतका कमीकमजोरीलाई सुधार गर्ने मौका छ।बेसुरमा बोल्ने बानीले समस्या निम्त्याउनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइएला। नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला। 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

नियमित कामलाई निरन्तरता दिन सकिनेछ।विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

नयाँ काम प्रारम्भ हुनेछ भने आम्दानी बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ।   

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

विगतका कर्मको उचित प्रतिफल पाइनेछ। सहयोगीहरू जुट्नेछन् भने पहिले दुश्मनी गर्नेहरू पनि मित्र बन्नेछन्।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

आत्मविश्वासको कमीले काममा पछि परिनेछ। समयमा वचन पु¥याउन नसक्दा आलोचित भइनेछ। 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्न सक्छ। खर्च हुने डरले सताउन सक्छ। विवादबाट टाढा रहनुहोला। 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

अर्थ अभावले पनि काममा बाधा पुग्नेछ। आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पु¥याउनुहोला। 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

केही रकम खर्च भए पनि पहिलेको साख जोगाउन सकिनेछ।पहिलेको सफलताले महŒवाकाङ्क्षा बढाउनेछ।