श्री शालवाहनीय शाके १९४७ ने.सं. ११४६ वि.सं. २०८२ साल मङ्सिर २४ गते बुधबार, १० डिसेम्बर २०२५, सिद्धार्थीनाम संवत्सर। पौष कृष्णपक्षको षष्ठी तिथि ०२ः०५ बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र मघा भोलि ०२ः५९ बजेसम्म, उप्रान्त पूर्वफाल्गुनी, चन्द्रामा राशि सिंह, सूर्योदय ०६ः४३ बजे र सूर्यास्त ०५ः०९ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
परिस्थिति आफ्नै लागि प्रतिकूल रहला। हडबडले काम बिग्रनेछ भने सानो गल्तीले काम दोहो¥याउनु पर्ला।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
बेसुरको व्यवहारले समस्या निम्त्याउनेछ। महŒवाकाङ्क्षी योजनामा आफ्नैले बाधा पु¥याउलान्।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
निर्णायक मोडमा दुविधा हुने हुँदा हतारमा निर्णय नलिनुहोला। असमझदारी बढ्नाले सम्झौता भङ्ग हुनसक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
छोटो समयमा राम्रो उपलब्धि हातलागी हुनेछ। स्रोत–साधन जुट्नाले नयाँ काम थालनी हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। रोकिएका काम बन्नाले थप काम गर्ने हौसला मिल्नेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीबाट जोगिएर काम गर्नुहोला।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अवसर प्राप्त भए पनि समयमा काम गर्न नसक्दा पछि परिनेछ। अरूको आलोचना गर्दा आफैलाई हानि हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफ्नै व्यवहारले सहयोगीहरू टाढिन सक्छन्। अध्ययनमा धेरै समय दिन नसकिएला।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले बोली र व्यवहारमा सजग रहनुपर्ला।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आँटले काम लिन नसक्दा व्यवहारमा पछि परिनेछ। अरूको मुख ताक्ने बानीले पनि काम अधुरो रहनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आगन्तुकहरूले अलमल्याउने हुँदा काममा समय दिन नसकिएला। कमजोरीलाई सुधार गर्ने मौका पाइनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
बुद्धिको उपयोगले ढिलै भए पनि काम बन्न सक्छ। फाइदाका लागि दोहो¥याएर प्रयत्न गर्नुपर्ला।
































