श्री शालवाहनीय शाके १९४७ ने.सं. ११४६ वि.सं. २०८२ साल मङ्सिर २३ गते मङ्गलबार, ९ डिसेम्बर २०२५, सिद्धार्थीनाम संवत्सर। पौष कृष्णपक्षको पञ्चमी तिथि ०४ः४९ बजेसम्म, उप्रान्त षष्ठी, नक्षत्र अश्लेषा भोलि ०२ः३९ बजेसम्म, उप्रान्त मघा, चन्द्रमा राशि कर्कट, सूर्योदय ०६ः४२ बजे र सूर्यास्त ०५ः०९ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अवसर प्राप्त भए पनि परिस्थिति सोचेजस्तो अनुकूल नहुन सक्छ। हड्बडले काम बिग्रन सक्छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आफ्ना कमजोरीमाथि टिप्पणी हुनसक्छ। शुभचिन्तकहरूको मनोभाव विचार गरेर अघि बढ्नुहोला।  
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
दोहो¥याएर प्रयास गर्दा रोकिएको काम बन्नेछ। साथीभाइको सहयोग जुट्नाले उत्साह थपिनेछ। 
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
दीर्घकालीन महŒवका काममा निर्णय लिन हतार नगर्नुहोला।लगनशीलताले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। 
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
छोटो समयमा उपलब्धि हातलागी हुनेछ। स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मिहिनेतले दैनिकीमा परिवर्तन आउनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
उद्योग र व्यापारमा फाइदा हुनेछ। प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ।  
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
नोकरी तथा व्यवसायमा विशेष फाइदा होला। रुचिका विषयमा लगानी बढाउने मौका प्राप्त हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
नयाँ काम थाल्न केही समय पर्खनुपरे पनि पूर्वाधार तयार गर्न सकिनेछ। मिहिनेत गर्दा राम्रो प्रतिफल प्राप्त हुनेछ। 
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ। तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। 
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
उपलब्धिको स्रोत प्राप्त हुनेछ भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। भाग्यले विभिन्न अवसर जुराउनेछ ।