श्री शालवाहनीय शाके १९४७ ने.सं. ११४६ वि.सं. २०८२ साल मङ्सिर ५ गते शुक्रबार, २१ नोभेम्बर  २०२५, सिद्धार्थीनाम संवत्सर। मार्गशिर्ष शुक्ल पक्षको प्रतिपदा तिथि १२ः३५ बजेसम्म, उप्रान्त प्रतिपदा, नक्षत्र अनुराधा ०२ः१० बजेसम्म, उप्रान्त ज्येष्ठा, चन्द्रमा राशि वृश्चिक, सूर्योदय ०६ः२९ बजे र सूर्यास्त ०५ः०९ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

स्वास्थ्यका लागि आहार–विहारमा सजग रहनुपर्नेछ। व्यस्तता बढ्नेछ, स्वास्थ्य समस्याले कमजोरी अनुभूति हुनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

सहयोगीहरू जिम्मेवारीबाट पन्छिन सक्छन्। सम्भावना देखिए पनि उपलब्धि प्राप्त गर्न केही समय लाग्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ। अवसरका लागि चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपर्ला।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

नयाँ योजनातर्फ लगानीमा जोखिम बढ्नेछ।स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सहयोगको तत्परता देखाउनेहरू पछि हट्नेछन्। आफ्नो क्षेत्रमा अरूले हस्तक्षेप गर्न सक्छन्।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

अरूका लागि बुद्धि खर्चनु पर्नेछ। जीवनशैली व्यस्त रहनेछ र उपलब्धिहीन काममा समय बित्न सक्छ।  

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ। प्रयत्न गर्दा सम्भावना खोजी गर्ने समय छ। 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

विभिन्न अवसरले पछ्याउनेछन् । कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

आजको मिहिनेतले भविष्यमा प्रतिष्ठा दिलाउन सक्छ। विभिन्न भौतिक साधनहरू प्राप्त हुनेछन्।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

व्यवसायमा फाइदा हुनेछ। तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ। व्यापारमा लगानी बढाउन सकिनेछ। 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन् । श्रमको उचित मूल्याङ्कन हुनेछ। 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

व्यापारमा थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। प्रयत्न गर्दा नयाँ कामतर्फ अग्रसर भइनेछ।