श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८२ साल भदौ २३ गते सोमबार, ८ सेप्टेम्बर २०२५, सिद्धार्थीनाम संवत्सर। आश्विन कृष्णपक्षको प्रतिपदा तिथि २२ः१७ बजेसम्म, उप्रान्त द्वितीया, नक्षत्र पूर्वभाद्र २२ः०७ बजेसम्म, उप्रान्त उत्तरभाद्र, चन्द्रमाच राशि कुम्भ, सूर्याेदय ०५ः४६ बजे र सूर्यास्त ०६ः१५ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन्। सानो कामले पनि राम्रो आम्दानी दिलाउनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्ने समय छ। छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
रोकिएको काम बन्नेछ भने जिम्मेवारीसमेत बढ्नेछ। पेसा–व्यवसायबाट विशेष फाइदा हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आम्दानी बढ्नाले थप काम गर्ने ऊर्जा प्राप्त हुनेछ। नैतिक प्रतिष्ठा जोगाउन अलि सजग रहनुपर्ला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
परिस्थिति अनुकूल रहे पनि अरूका लागि बुद्धि खर्चनु पर्नेछ। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। आँटेको काममा अरूको मुख ताक्नाले पछि परिनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
शुभचिन्तकहरूले साथ दिनेछन् । भविष्यका लागि कर्म सञ्चय गर्ने समय छ। सामाजिक कामले इनाम दिलाउनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मिहिनेत गर्दा कीर्तिमानी कामको यश लिने सौभाग्य प्राप्त हुनेछ। आम्दानी थोरै भए पनि आवश्यकता पूरा हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ। आध्यात्मिक चेतनाले धर्म, कर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
तत्काल फाइदा नहुने काममा जुट्नुपर्ला। ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनु होला।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
केही उपलब्धिको स्रोत भने पहिल्याउन सकिनेछ। सामाजिक कार्यमा रुचि बढ्नेछ । यात्रा सफल रहनेछ ।