श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८२ साल भदौ २२ गते आइतबार, ७ सेप्टेम्बर २०२५, सिद्धार्थीनाम संवत्सर। भाद्र शुक्ल पक्षको पूर्णिमा तिथि २३ः५० बजेसम्म, उप्रान्त प्रतिपदा, नक्षत्र शतभिषा २२ः५५ बजेसम्म, उप्रान्त पूर्वभाद्र, चन्द्रमा राशि कुम्भ, सूर्याेदय ०५ः५६ बजे र सूर्यास्त ०६ः१६ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

लगनशीलताले विशेष उपलब्धि दिलाउन सक्छ। भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ।  

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

काम सम्पादन नभए पनि दिगो योजना बन्नेछ। पुरुषार्थी काम गर्दै लाभ उठाउन सकिनेछ।  

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

प्रयत्न गर्दा आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। आँटले कीर्तिमानी दिलाउनेछ। परोपकारी काममा प्रवृत्त भइनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

केही विवादास्पद काम गर्नुपरे पनि धेरैको उपकार गर्न सकिनेछ। सामाजिक जिम्मेवारी प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

परोपकारी कामले दाम, इनाम र प्रतिष्ठा दिलाउनेछ। व्यवसायमा मनग्य फाइदा हुनेछ। 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

विशेष योजना सार्वजनिक नगर्नुहोला। दिगो फाइदा हुने जिम्मेवारी प्राप्त हुने देखिन्छ । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

व्यवहार अलि बिग्रन सक्छ। सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य पनि प्रतिकूल रहनेछ। 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

अवसरवादीहरू पछि हट्नेछन् भने सहयोगीहरू फेला पर्नेछन्। समुदायको हितमा राम्रै काम गर्न पनि सकिनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

प्रियजनसँग रमाइलो भेट हुनेछ। विशेष काम गर्न बिहानको समय बढी लाभदायक रहनेछ।  

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ।  स्वास्थ्यका लागि आहारविहारमा ध्यान पु¥याउनु होला। 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

धेरै श्रम परे पनि प्रतिफल कमै प्राप्त हुनेछ। व्यवसायमा नोक्सानी बढ्नेछ। स्वास्थ्यमा समस्या आउनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। काम दोहो¥याउनु पर्ने हुनसक्छ।