श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८२ साल साउन २७ गते मङ्गलबार, १२ अगष्ट २०२५, सिद्धार्थीनाम संवत्सर। भाद्र कृष्णपक्षको तृतीया तिथि ०९ः५६ बजेसम्म, उप्रान्त चतुर्थी, नक्षत्र पूर्वभाद्र १४ः०६ बजेसम्म, उप्रान्त उत्तरभाद्र, चन्द्रमा राशि कुम्भ, सूर्याेदय ०५ः३३ बजे र सूर्यास्त ०६ः४३ बजे हुनेछ ।


मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

दिन निकै लाभदायक रहनेछ। प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ। पहिले रोकिएको काम बन्नेछ । 

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

आम्दानी बढ्नाले उत्साह जाग्नेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। श्रमको उचित मूल्याङ्कन हुनेछ।   

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ। दिगो काम सुरु हुनेछ र छोटो समयमै उपलब्धि हातलागी हुनेछ। 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक कामले फाइदा दिलाउनेछ। 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

पहिलेको सफलताले थप हौसला जगाउनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ।    

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

मिहिनेतले समाजमा स्थापित बनाउनेछ। चुनौती पन्छाएर पनि काममा जग बसाउने मौका छ।  

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

परिश्रम परे पनि समय फलदायी रहनेछ।पहिलेका कमजोरी सच्याउँदै सोचेअनुरूप काम गर्न सकिनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आध्यात्मिक चेतनाले धर्म, कर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ। मिहिनेतको फल प्राप्त हुनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

रचनात्मक काममा जुट्ने समय छ। विभिन्न भौतिक साधनहरू प्राप्त हुनेछन्। व्यवसायमा विशेष फाइदा होला।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

नयाँ कामको जग बसाउने मौका छ । सामान्य काममा समय, धन र श्रम खर्चनु पर्ला ।  

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

गलत व्यक्तिको विश्वास गर्दा धोका पाइनेछ। अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

स्वास्थ्यका लागि आहारविहारमा ध्यान पु¥याउनु होला । आफ्नो वस्तुमा अरूले दाबी गर्लान्।