श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८२ साल साउन २६ गते सोमबार, ११ अगष्ट २०२५, सिद्धार्थीनाम संवत्सर। भाद्र कृष्णपक्षको द्वितीया तिथि ११ः३१ बजेसम्म, उप्रान्त तृतीया, नक्षत्र शतभिषा १४ः५९ बजेसम्म, उप्रान्त पूर्वभाद्र, चन्द्रमा राशि कुम्भ, सूर्याेदय ०५ः३३ बजे र सूर्यास्त ०६ः४४ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। गरेका कामबाट प्रशस्त लाभ हुनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
धनको उपयोगबाट मनग्य फाइदा उठाउन सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका प्राप्त हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आजको मिहिनेतले भविष्यमा प्रतिष्ठा दिलाउन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। विभिन्न भौतिक साधनहरू पनि जुटाउन सकिनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
बुद्धिको उपयोगले काम सम्पादन हुनेछ। तर समयमा वचन पु¥याउन नसक्दा अरूले आलोचना गर्नेछन्।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
परिस्थितिवश कम फाइदा हुने काममा अलमलिनु पर्ला। श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अरूको समस्याबारे चासो लिँदा अप्ठ्यारो पर्न सक्छ। अध्यात्मभाव जागृत हुनाले काममा प्रवृत्त भइनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मिहिनेत गर्दा काम बनाउन सकिनेछ ।परिस्थितिको चक्रमा अलमलिनु पर्दा कार्यसम्पादनमा समय लाग्नेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ। जिम्मेवारी वहन गर्नुपरे पनि मिहिनेतको परिणाम प्राप्त हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
शुभचिन्तक र प्रतिस्पर्धीलाई समेटेर काम लिनुपर्ला। योजना पूर्ण नभए पनि आंशिक लाभ अवश्य हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
छोटो समयमा फाइदा उठाउन सकिनेछ। अध्ययन, लेखन तथा मनोरञ्जनमा समय बित्नेछ।