श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८२ साल साउन २५ गते आइतबार, १० अगष्ट २०२५, सिद्धार्थीनाम संवत्सर। भाद्र कृष्णपक्षको प्रतिपदा तिथि १२ः४३ बजेसम्म, उप्रान्त द्वितीया, नक्षत्र धनिष्ठा १५ः२८ बजेसम्म, उप्रान्त शतभिषा, चन्द्रमा राशि कुम्भ, सूर्योदय ०५ः३२ बजे र सूर्यास्त ०६ः४४ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मिहिनेतको फल प्राप्त हुनेछ। साथीभाइले राम्रै सहयोग जुटाउनेछन्। रचनात्मक काममा जुट्ने समय छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
विभिन्न भौतिक साधनहरू प्राप्त हुनेछन्। नोकरी तथा व्यवसायमा विशेष फाइदा होला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मिहिनेत गर्दा लक्ष्यमा पुगिनेछ। रोकिएका काम सम्पादन हुनेछन्। विशेष जिम्मेवारी प्राप्त हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
भेटघाटले काम गर्ने अवसर दिलाउनेछ। समाजमा तारिफयोग्य काम गर्दै राम्रो उपलब्धि हातपार्न सकिनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आलश्य गर्ने बानीले कार्य सम्पादनमा केही विलम्ब हुन सक्छ। सोचेको उपलब्धि तत्काल प्राप्त नहुन सक्छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
शुभचिन्तकहरू टाढिनेछन् भने काम बिग्रने भयले सताउनेछ। न्यून उपलब्धिमै चित्त बुझाउनु पर्ला।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफ्नो वस्तुमा समेत अरूले दाबी गर्नेछन्। धेरै श्रम परे पनि लाभांश थोरै मात्र मिल्नेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुनसक्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
काममा साथीभाइको सहयोगले उत्साह मिल्नेछ। निम्तो मान्ने क्रममा आतिथ्य भने खर्चिलो बन्ने देखिन्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ।