श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८२ साल साउन २२ गते बिहीबार, ७ अगष्ट २०२५, सिद्धार्थीनाम संवत्सर । श्रावण शुक्लपक्षको त्रयोदशी तिथि १३ः२९ बजेसम्म, उप्रान्त चतुर्दशी, नक्षत्र पूर्वाषाढा १४ः१३ बजेसम्म, उप्रान्त उत्तराषाढा, चन्द्रमा राशि धनु, सूर्याेदय ०५ः३१ बजे र सूर्यास्त ०६ः४७ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
मिहिनेत परे पनि भाग्यले राम्रै अवसर दिलाउनेछ। अवसर तथा सफलताले पछ्याउनेछन्।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
टाढिएका मित्र नजिकिनाले प्रसन्नता मिल्नेछ। सामाजिक काममा रुचि बढ्नेछ। सहयोगीहरूको साथ पाइनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अभाव हट्नुका साथै दाम, नाम र इनाम प्राप्त हुनेछ। धार्मिक अनुष्ठान र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला। काम दोहो¥याउनुपर्ने स्थिति आउन सक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समस्या दर्शाउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। पछिका लागि सकारात्मक सङ्केत प्राप्त हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्।साथीभाइसँग रमाइलो भेट हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
नयाँ कामको योजना बन्न सक्छ। आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन्।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
यात्रा गर्दा धनमाल सुरक्षामा ध्यान दिनुहोला। मिहिनेत गर्दा चुनौती चिर्दै काम बनाउन सकिनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
यात्राको साइत पनि जुर्न सक्छ।स्रोतसाधन जुट्नाले मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
प्रतिस्पर्धामा विजयी भइनेछ । द्वेष तथा ईष्र्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
व्यापारलगायत आर्थिक लाभ हुने नयाँ काम प्रारम्भ हुनेछ। रोकिएका काम बन्नाले उत्साह जाग्नेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मिहिनेतले प्रतिस्पर्धाको दौडसमेत जिताउन सक्छ। खर्च भने बढ्न सक्छ। व्यापारमा उन्नति हुनेछ ।