श्री शालवाहनीय शाके १९४६ ने. सं. ११४५ वि. सं. २०८२ साल साउन १९ गते सोमबार, ४ अगष्ट २०२५, सिद्धार्थीनाम संवत्सर। श्रावण शुक्लपक्षको दशमी तिथि ०९ः५५ बजेसम्म, उप्रान्त एकादशी, नक्षत्र अनुराधा ०६ः१२ बजेसम्म, उप्रान्त ज्येष्ठा, चन्द्रमा राशि वृश्चिक, सूर्योदय ०५ः२९ बजे र सूर्यास्त ०६ः४९ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
काममा जुट्न नसकिए पनि बाध्यात्मक परिस्थितिबाट मुक्त भइनेछ । कामकाजबाट राम्रो मूल्य प्राप्त हुनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आफ्नो कमजोरीको फाइदा अरूले उठाउने चेष्टा गर्लान्। उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुहोला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। रोकिएका काममा दोहो¥याएर प्रयत्न गर्दा फल प्राप्त हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
धन तथा ज्ञानको भण्डार बढ्नेछ । जीवनशैली आनन्दमय रहनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
व्यवसायले रमाइलो यात्रा गराउन सक्छ। प्रियजनसँग भेट हुनुका साथै विशेष उपहार प्राप्त होला।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सोखले मालसामान जुटाउन प्रेरित गर्नेछ । मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ। थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पहिलेको सफलताले हौसला जगाउनेछ । प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुने र मनग्य फाइदा उठाउन सकिनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सुखद् समाचारले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्न सक्छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुनसक्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
परिस्थिति सोचेजस्तो अनुकूल नहुन सक्छ। नजिकका साथीभाइसँग असमझदारी बढ्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढिन सक्छन्। बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ।