श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८२ साल साउन १८ गते आइतबार, ३ अगष्ट २०२५, सिद्धार्थीनाम संवत्सर। श्रावण शुक्लपक्षको नवमी तिथि ०८ः०२ बजेसम्म, उप्रान्त दशमी, नक्षत्र विशाखा ०६ः१२ बजेसम्म, उप्रान्त अनुराधा, चन्द्रमा राशि वृश्चिक, सूर्योदय ०५ः२९ बजे र सूर्यास्त ०६ः५० बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
दिन मनोरञ्जनपूर्ण रहनेछ। आतिथ्यपूर्ण सम्मानका साथ मित्रताको बन्धन कसिलो हुनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सोख पूरा हुनुका साथै प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ। नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सुमधुर प्रेम वा दाम्पत्यले प्रफुल्लित भइनेछ। आम्दानी प्रशस्तै बढ्नेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आलस्य गर्ने बानीले समस्या निम्त्याए पनि मिहिनेतीहरूका लागि समय उत्साहजनक रहनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
प्रयत्न गर्दा लक्ष्य प्राप्त गर्न सकिनेछ। मिहिनेतका साथै गोपनीयतामा ध्यान पु¥याउनु होला।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सुखद् समाचारले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्न सक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। पशुपालन तथा कृषि क्षेत्रबाट लाभ मिल्नेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सन्तान वा अनुयायीको साथले पनि हिम्मत जगाउनेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ। आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन्।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अरूको विश्वास गर्दा धोका हुन सक्छ। कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त भइनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
नजिकका आफन्त, साथीभाइ टाढिन सक्छन्। दोहो¥याएर प्रयत्न गर्दा रोकिएको काम बनाउन सकिनेछ।