श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८२ साल साउन १६ गते शुक्रबार, १ अगष्ट २०२५, सिद्धार्थीनाम संवत्सर । श्रावण शुक्लपक्षको अष्टमी तिथि २४ः४९ बजेसम्म, उप्रान्त नवमी, नक्षत्र स्वाती ०३ः३५ बजेसम्म, उप्रान्त विशाखा, चन्द्रमा राशि तुला, सूर्योदय ०५ः२८ बजे र सूर्यास्त ०६ः५१ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

प्रतिस्पर्धा गर्नुपरे पनि स्रोतसाधन जुट्नाले दिगो काम बन्नेछ। अरूले फाइदा उठाउने कोशिस गर्नेछन्, सजग रहनुहोला।     

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

बुद्धिको उपयोगले काम बनाउन सकिनेछ। मध्याह्नपछि व्यापार बढ्नुका साथै व्यवसायमा लाभ हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आयआर्जनका नयाँ स्रोतसमेत फेला पर्नेछन्। मित्रता र प्रेमको बन्धन कसिनेछ । आकर्षक उपहारले उत्साह जगाउनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

तारिफयोग्य कामले राम्रो उपलब्धि दिलाउनेछ। मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ। 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

विशेष काममा जग बसाउने मौका जुट्नेछ। दिउँसोदेखि प्रतिस्पर्धामा उत्रनुपरे पनि मनग्य लाभ उठाउन सकिनेछ। कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

समस्या दर्शाउँदा सहयोगीहरूले साथ दिनेछन्। बुद्धिको उपयोगले लक्ष्यमा पुग्न सकिनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

प्रक्रिया नमिल्नाले काम दोहो¥याउनु पर्ने हुनसक्छ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। प्रतीक्षा गरिएको नतिजा पनि सबल रहनेछ। 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

गलत व्यक्तिको विश्वास गर्दा धोका हुन सक्छ। काममा आफ्नो श्रम परे पनि प्रतिफलमाथि अरूले राज गर्नेछन्।      

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

नतिजा कमजोर देखिनाले कुनै काम दोहो¥याउनु पर्ला। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू पनि भेटिनेछन्। 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ। स्वास्थ्यमा समस्या देखापर्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

बोलीको भरमा चिताएको काम बन्नेछ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्।