श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८२ साल साउन १५ गते बिहीबार, ३१ जुलाई २०२५, सिद्धार्थीनाम संवत्सर। श्रावण शुक्लपक्षको सप्तमी तिथि ०४ः०३ बजेसम्म, उप्रान्त अष्टमी, नक्षत्र चित्रा ०१ः०२ बजेसम्म, उप्रान्त स्वाती, चन्द्रमा राशि कन्या, सूर्याेदय ०५ः२७ बजे र सूर्यास्त ०६ः५२बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
स्वास्थ्यसम्बन्धी चिन्ताले सताउन सक्छ। आफ्ना काममा अरूको भरपर्दा दुःख पाइनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अवसरको खोजीमा आफन्त र परिवारबाट टाढिनुपर्ने हुन सक्छ। सत्कार्यमा शुभचिन्तकहरूको साथ पाइनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पछिका लागि खर्चको जोहो गर्नुपर्ला। प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ भने द्वेष तथा ईष्र्या गर्नेहरूले हार खानेछन्।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
उतार–चढावबाट न्यून प्रतिफल हातपार्न सफल भइनेछ। धैर्य एवम् लगनशीलताले मात्र उपलब्धि प्राप्त हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कामको मेसो नमिल्दा व्यवहारमा पछि परिनेछ। आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अध्ययनमा बाधा हुनेछ र लक्ष्य प्राप्त गर्न समय लाग्नेछ। बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउला।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। समस्याले पहिलेको सम्झौता भङ्ग हुनसक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
बेसुरमा वचन दिनाले दुःख पाइनेछ। तापनि साथीभाइले साथ दिनेछन्। पशुधन र जमिनबाट लाभ हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ। परिवारमा आमाको माध्यमबाट काम बनाउन सकिनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
परिस्थितिवश चिताएको काम रोकिन सक्छ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
काम थाल्नुअघि राम्ररी विचार पु¥याउनु होला। व्यवसायमा बाधा पुग्नेछ । अरूका लागि बुद्धि खर्चनुपर्ने देखिन्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
कामबाट राम्रो उपलब्धि प्राप्त हुनेछ। तत्काल ठूलो फाइदा नदेखिएकाले लाभ उठाउन हतार नगर्नु होला।