धरान । धरान–८ अरुणटोलस्थित सुकुम्बासी बस्तीका बिरामी रोशन राईलाई आर्थिक सहयोग गरिएको छ ।
नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन कोशी प्रदेश उपाध्यक्ष तथा लेखापढी व्यवसायी तीर्थ दाहाल र उनकी श्रीमती कौशिला राई दाहालले नगद ५ हजार प्रदान गरे ।
यस्तै सङ्गठन कोशी प्रदेश सचिव महेश घिमिरे र सदस्य प्रेमप्रसाद पोखरेलले पाँच–पाँच सय रुपैयाँ सहयोग गरेका छन् । रोशन राईको समाचार प्रकाशन भएपछि सहयोग गरेका हुन् । मजदुर नेता भीमज्वाला राईले समाचार प्रकाशनमा भूमिका खेलेका थिए । बिहीबार अरुणटोलस्थित घरमै पुगेर रकम सहयोग गरिएको छ ।
जन्डिसका बिरामी उनको कलेजो खराब भएको छ । उनको उपचारमा करिब १५ लाख रुपैयाँजति लाग्ने जनाइएको छ । आर्थिक अभावका कारण उपचार गर्न समस्या भएको उनकी श्रीमती शान्ति तामाङले बताइन् ।