श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८१ साल फागुन १९ गते सोमबार, ३ मार्च २०२५, कालयुक्तनाम संवत्सर। फाल्गुण शुक्लपक्षको चतुर्थी तिथि ०६ः१६ बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र रेवती ०६ः५२ बजेसम्म, उप्रान्त अश्विनी, चन्द्रमा राशि मेष, सूर्याेदय ०६ः२६ बजे र सूर्यास्त ०६ः०५ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
लगनशीलताले मात्र सङ्कल्प पूरा गर्न सकिनेछ। प्रयत्न गर्दा सेवामूलक काम सम्पादन गर्न सकिनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
स्वास्थ्य कमजोर रहनेछ भने चिताएको नतिजा प्राप्त नहुनाले आर्थिक क्रियाकलापमा बाधा पुग्न सक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मिहिनेत गर्दा केही काम बन्नेछन्। तत्काल उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
रोकिएको काममा दोहो¥याएर प्रयत्न गर्नुहोला। पछि फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
परिश्रमअनुसार लक्ष्य प्राप्त हुनेछ। शत्रु परास्त हुनेछन् भने रोगबाट उन्मुक्ति मिल्नेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
काम दोहो¥याउनु पर्ने स्थिति आउन सक्छ। हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भङ्ग हुनसक्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
बेसुरमा दिइएको वचनले समस्या निम्त्याउन सक्छ। महŒवपूर्ण योजना तत्काल सार्वजनिक नगर्नुहोला।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
घरायसी आवश्यकता बढ्नाले अर्थ अभाव देखापर्न सक्छ। फाइदाका लागि साइनो गाँस्नेहरूबाट सावधान रहनुहोला।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ। विशेष उपहारसमेत हातलागी हुनसक्छ।