श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८१ साल पुस १७ गते बुधबार १ जनवरी २०२५, कालयुक्तनाम संवत्सर। पौष शुक्ल पक्षको द्वितीया तिथि भोलि ०२ः४० बजेसम्म, उप्रान्त तृतीया, नक्षत्र उत्तराषाढा भोलि ००ः१४ बजेसम्म, उप्रान्त श्रवण, चन्द्रमा राशि मकर, सूर्याेदय ०६ः५४ बजे र सूर्यास्त ०५ः२० बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। सामाजिक कार्यले हौसला प्रदान गर्नेछ।   
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
समस्या दर्शाएर पनि सहयोगीहरू फेला पार्न सकिनेछ। मिहिनेत गर्दा कीर्तिमानी काम बन्न सक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
धर्म–कर्म तथा सेवामूलक काममा प्रवृत्त भइनेछ। तर केही बाध्यात्मक परिस्थितिले काममा अलमल्याउन सक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
 अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका पाइनेछ।अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कामको जिम्मेवारी वहन गर्नुपर्ला । आकस्मिक समस्याले शरीरमा कमजोरी अनुभूति हुनेछ ।     
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
गोपनीयता बाहिरिनाले पनि समस्यामा परिनेछ। फजुल खर्च बढ्ने र लेनदेनमा पनि नोक्सान पुग्ने देखिन्छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
परिस्थितिको चक्रमा अलमलिनुपर्दा काम बन्न समय लाग्नेछ।फुर्सद तथा मनोरञ्जनको समय छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रियजनसँगको भेटघाटले दिन निकै रमाइलो र उत्साहबद्र्धक रहनेछ। नयाँ मार्गतर्फ अग्रसर भइनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
नयाँ परिवेशमा पुगिए पनि नयाँ साथीभाइ भेटिनेछन्। प्रेमको बन्धन कसिनेछ। सहयोगीहरूले साथ दिनेछन्।   
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
दुविधाले निर्णायक मोड लिनेछ । चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पु¥याउनेछ।  
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मिहिनेतले काममा सफलता दिलाउनेछ । ईष्र्या गर्नेहरू स्वयम् पछि पर्नेछन् भने कर्मयोगले भविष्यको बाटो समाउनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
काममा जग बसाउने मौका छ। रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ। प्रतिस्पर्धाको दौडमा जित हासिल हुनेछ।