शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८१ साल मङ्सिर २७ गते बिहीबार, १२ डिसेम्बर २०२४, कालयुक्तनाम संवत्सर। मार्ग शुक्लपक्षको द्वादशी तिथि  २२ः४२ बजेसम्म, उप्रान्त त्रयोदशी, नक्षत्र अश्विनी १०ः०७ बजेसम्म, उप्रान्त भरणी, चन्द्रमा राशि मेष, सूर्याेदय ०६ः४४ बजे र सूर्यास्त ०५ः१० बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
हिम्मत गर्दा जटिल कामसमेत सम्पादन हुनेछ। पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ।  
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पहिले दुश्मनी गर्नेहरूले पनि मित्रताका हात अघि बढाउनेछन्। अवसरवादीहरूबाट अलि सजग रहनुहोला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
काम पूरा नभए पनि आंशिक लाभ अवश्य हुनेछ। प्रतिस्पर्धाले नयाँ अवसर दिलाउन सक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साथीभाइले पनि फाइदा दिलाउनेछन् । अध्ययनमा समय दिन नसकिए पनि ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
शुभचिन्तकहरूको सहयोग जुट्नेछ भने मौका पर्खंदा अप्ठ्यारो स्थितिमा सुधार आउनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अर्थोपार्जनका केही स्रोत फेला पर्नेछन्। गरेका कामकाजबाट समाजमा आफ्नो प्रभाव बढ्न सक्छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । मिहिनेतले इनाम दिलाउनेछ । दिन राम्रो रहेको छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
निर्णायक क्षमता कमजोर बन्नेछ। नतिजा कमजोर देखिनाले काम दोहोर्याउनु पर्ला।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
चुनौती चिर्दै काम बनाउन सकिनेछ । बुद्धिको उपयोगले फाइदा दिलाउन सक्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
काममा सोचेजस्तै सफलता मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने मित्रताको बन्धनसमेत कसिलो हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
लगानीले मनग्य धनलाभ हुनेछ। उपलब्धिले पनि उत्साह जगाउनेछ। काममा मिहिनेत गर्नुपर्ने समय छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन् । नयाँ काम प्रारम्भ गर्ने राम्रो समय छ।