Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • राष्ट्रिय
  • सहकारी बचत रकम हिनामिनासम्बन्धी संसदीय छानबिन विशेष समितिले प्रतिवेदन तयार पार्दै

सहकारी बचत रकम हिनामिनासम्बन्धी संसदीय छानबिन विशेष समितिले प्रतिवेदन तयार पार्दै

alt
  • साउन २२, २०८१
  • ब्लाष्ट खबर

सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले दुई महिनाको अवधिमा गरेका अध्ययन र छानबिन प्रक्रिया टुङ्गाएर प्रतिवेदन लेखन प्रक्रिया अगाडि बढाएको छ।

सभापति सूर्यबहादुर थापा क्षेत्रीले संसदीय छानबिन विशेष समितिले हालसम्म सरोकार भएका विभिन्न निकायसँग ३३ पटक छलफल गरेको जानकारी दिनुहुँदै अब केही व्यक्तिसँग सोधपुछ गरी प्रतिवेदनलाई अन्तिम रूप दिने कार्य सँगसँगै अगाडि बढाउने बताए।

“समितिले छानबिनका लागि कार्यादेश पाएका २९ वटा सहकारी संस्थाका २६ जना व्यक्तिसँग सोधपुछ गर्ने र प्रतिवेदन मस्यौदा तयार पार्ने काम सँगसँगै अघि बढाउँछौँ”, उहाँले भन्नुभयो, “समितिको प्रतिवेदन पारदर्शी, जवाफदेही र विश्वसनीय बनाउन सबै सत्य तथ्य खोज्छौँ ।”

समस्याग्रस्त घोषणा भएका २० र विवादित नौगरी २९ वटा सहकारीको अध्ययन गर्ने कार्यादेश समितिले पाएको छ।तीमध्ये केही सहकारीको वित्तीय विवरण पनि विश्लेषण गरिने थापाले जानकारी दिएका छन्।

सहकारी सिद्धान्त, मूल्यमान्यता पालना नगर्दा अधिकांश संस्थामा समस्या देखिएको र केहि सहकारी संस्थामा भने सङ्गठित रूपमै ठगी भएको देखिएको पनि उनले बताए।

समस्याग्रस्त घोषणा गरिएका र बचत रकम हिनामिना भएर छानबिनको लागि समितिको कार्यादेशभित्र अटाएका २९ सहकारीका २० जना फरार छन्।

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणबारे पनि समितिले छानबिन गरिरहेको छ। उक्त संस्थाका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई फरार छन्।

समितिले गरेको अनुसन्धानका क्रममा राई मलेसियाबाट नेपाल फर्किएको विवरण भेटिएको तर नेपालबाट बाहिरिएको विवरण भने नभेटिएको सभापति थापाले बताए।

समितिले आज संसदीय मामिला पत्रकार समाज, नेपाल आर्थिक पत्रकार समाज (सेजन), सहकारी पत्रकार समाज (सिजेएन) र आर्थिक पत्रकार सङ्घ (नाफिज) सँग छानबिन र अध्ययन प्रक्रियालाई कसरी अगाडि बढाउने भन्नेबारे सुझाव लिएको छ।
सम्बन्धित समाचार
वृद्ध भत्ता सम्बन्धी हल्ला निराधार, अर्थ मन्त्रालयको स्पष्टिकरण

विजयपुर । सामाजिक सञ्जालमा “वृद्ध भत्ता पाउने उमेर बढाइयो” भन्ने हल्ला निरा ...

नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश

विजयपुर । सर्वोच्च अदालतले शैक्षिकसत्र सुरु भएपछि मात्रै विद्यालयहरुमा नयाँ ...

२ लाख ५७ हजारको भन्सार छलिका लत्ता कपडा बरामद

विजयपुर । नसरीको इटहरीबाट प्रहरीले भन्सार छलि गरी ल्याइएका लत्ता कपडा बरामद ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
वृद्ध भत्ता सम्बन्धी हल्ला निराधार, अर्थ मन्त्रालयको स्पष्टिकरण
नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश
२ लाख ५७ हजारको भन्सार छलिका लत्ता कपडा बरामद
सभामुखमा अर्याल निर्विरोध
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो
एमसीसी खारेज गर्न हर्क साम्पाङको माग
मिडियामा अङ्कुश लगाउन बालेन सरकार उद्यत
होम–स्टेमा डम्फु बजाउने तालिम
चट्याङको बढ्दो जोखिम र सुरक्षाको संवेदनशीलता
आजको राशिफलः २०८२ साल चैत २० गते शुक्रबार
विद्यार्थीलाई सेनाको भर्ना छनोट सम्बन्धि प्रशिक्षण
आजदेखि एसइई परीक्षा
घरेलु मदिरालाई व्यावसायिक बनाउने तयारी
बीपीको फार्मेसी रकम अपचलन प्रकरण: निर्देशकसहित को–को हुन् जिम्मेवार ?
एनसेलको दैनिक सय एमबी निःशुल्क डेटा
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved