Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • राष्ट्रिय
  • एमाले अध्यक्ष ओलीको नेतृत्वमा नयाँ सरकार गठन हुँदै

एमाले अध्यक्ष ओलीको नेतृत्वमा नयाँ सरकार गठन हुँदै

alt
  • असार २९, २०८१
  • ब्लाष्ट खबर

प्रतिनिधिसभाका दुई ठूला राजनीतिक दलको सहकार्यमा नेपाल कम्युनिष्ट पार्टी (एमाले०का अध्यक्ष केपी शर्मा ओली आइतबार नयाँ प्रधानमन्त्रीका रुपमा मुलुकको कार्यकारी नेतृत्व सम्हाल्दै।

प्रधानमन्त्री पुष्पकमल दाहाल(‘प्रचण्ड)ले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रस्तुत गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्ताव पारित नभएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको हो। 

नेपाली कांग्रेस र एमालेबीच यही असार १७ गते भएको सहमतिका आधारमा अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त हुन लागेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार नेपालको संविधानको धारा ७६ (२) बमोजिम प्रतिनिधिसभामा रहेका दुई वा दुईभन्दा बढी दललाई प्रधानमन्त्रीको दाबी पेस गर्न आइतबार अपराह्न ५ बजेसम्मको समय दिएका छन्। 

राष्ट्रपति कार्यालयबाट नयाँ प्रधानमन्त्री नियुक्तिका निम्ति सूचना जारी भएलगत्तै दुई दलले ओलीलाई उक्त पदमा नियुक्त गर्न दाबी पेस गरिसकेका छन् । 
चौथो पटक प्रधानमन्त्री हुन लाग्नुभएका अध्यक्ष ओलीलाई राष्ट्रपति पौडेलले आइतबार नियुक्त गर्नुहुने प्रबल सम्भावना रहेको दुवै दलका दोस्रो तहका केही नेताहरुले बताएका छन्। 

एमालेका प्रमुख सचेतक महेश वर्तौलाले राष्ट्रपति पौडेलबाट प्रधानमन्त्रीमा अध्यक्ष ओलीलाई नियुक्तिपछि सोमबारभित्रै पद तथा गोपनीयताको शपथ लिने तयारी भएको जानकारी दिएका छन्। पहिलो चरणमा सानो मन्त्रिपरिषद् गठन गर्न कांग्रेस र एमाले गृहकार्यमा जुटेका छन् ।

यसअघि अध्यक्ष ओली २०७२, २०७४ र २०७८ सालमा गरी तीन पटक प्रधानमन्त्री भइसक्नुभएको छ। लोकतन्त्र प्राप्तिको सङ्घर्षमा लाग्नुभएका उनले लामो समय निरङ्कुश पञ्चायती शासन व्यवस्थामा कारबास भएका छन्। 

सम्बन्धित समाचार
फलोअप–धरान बसपार्कः विगतमा विवाद, अहिले ठेक्कामा समस्या

धरान । झण्डै साढे दुई दशक लामो विवादको घेरामा परेको धरानको आधुनिक बसपार्क ह ...

हर्क साम्पाङको पार्टीका उपाध्यक्ष काठमाडौँमा पक्राउ

धरान । विष्फोटकसम्बन्धी मुद्दामा हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्ट ...

धरानमा शिक्षक महासङ्घ गठन

धरान । सुनसरीको धरानमा नेपाल शिक्षक महासङ्घ गठन भएको छ । धरान–८ स्थित ल्याव ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
फलोअप–धरान बसपार्कः विगतमा विवाद, अहिले ठेक्कामा समस्या
हर्क साम्पाङको पार्टीका उपाध्यक्ष काठमाडौँमा पक्राउ
धरानमा शिक्षक महासङ्घ गठन
आय र खर्चमा देखिएको खाडल अन्त्य गर
आजको राशिफलः २०८२ साल पुस २ गते बुधबार
माङ्मालुङ चिया बगानका पीडित शेयरधनी पुगे अदालत
बीपीमा ह्वीलचियर पुल सञ्चालनमा
‘एलर्जीन’ का उत्पादन बेच्न खुला
पाँच सय ७ केजी गाँजा बरामद
विजयपुर अस्पताल र हिबिस्कस स्कुलबीच सम्झौता
सुशासनको भाषण र बेथितिको यथार्थ
आजको राशिफलः २०८२ साल पुस १ गते मङ्गलबार
काङ्ग्रेस नेताविरुद्ध भ्रष्टाचार मुद्दा दायर
ललित–अम्बर कपमा आयोजक र आइडियल अन्तिम चारमा
कोशीको स्वास्थ्य क्षेत्रमा बेथितिः प्रतिवेदनमा दोषी, कारबाही चाहिँ सरुवामा सीमित
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved