श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४४ वि.सं. २०८१ साल जेठ ३२ गते शुक्रबार, १४ जुन २०२४, कालयुक्त संवत्सर। ज्येष्ठ शुक्लपक्षको अष्टमी तिथि भोलि ००ः१९ बजेसम्म, उप्रान्त नवमी, नक्षत्र पूर्वफाल्गुनी ०५ः२२ बजेसम्म उप्रान्त उत्तरफाल्गुनी, चन्द्रमा राशि सिंह, सूर्याेदय ०५ः०७ बजे र सूर्यास्त ०७ः०० बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ।  
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्। सेवामूलक कामबाट धनलाभ हुनेछ। स्वास्थ्य सबल रहनेछ।   
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । तारिफयोग्य कामले अरूको उपकार गर्न सकिनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ । साझेदारीमा देखिएका समस्या सुल्झाउन सकिनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
साथीभाइ र सहयोगीहरूले साथ दिनेछन्। पहिलेको दुविधाले निर्णायक मोड लिनेछ। भौतिक सुख–सुविधा प्राप्त हुनेछ।  कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
विशेष सामान जुटाउन सकिनेछ। कृषि–व्यवसायतर्फ मनग्य लाभ हुनेछ । चिताएको काम रोकिन सक्छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अरूका लागि बुद्धि खर्चनुपर्ने देखिन्छ । व्यवसायभन्दा सेवामूलक कामबाट राम्रो उपलब्धि प्राप्त हुनेछ।  
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
तत्काल ठूलो फाइदा नदेखिएकाले लाभ उठाउन हतार नगर्नुहोला।सुखद् समाचारले दिन उत्साहपूर्ण रहनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
बोलीको भरमा चिताएको काम बन्नेछ। आफ्नो क्षेत्रमै प्रभाव जमाउन सकिनेछ भने सम्मानित स्थान प्राप्त हुन सक्छ।   
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कामले राम्रो उपलब्धि दिलाउनेछ। सानो प्रयत्नले फाइदा बढ्नेछ । व्यापारमा पनि प्रशस्त लाभ हुनेछ।    
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । दाम र नाम कमाउने समय छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला। आवश्यक पर्दा सरसापट वा कर्जामार्फत् धन जुट्नेछ।