श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४४ वि.सं. २०८१ साल जेठ २४ गते बिहीबार, ६ जुन २०२४, कालयुक्त संवत्सर। ज्येष्ठ कृष्ण पक्षको औंसी तिथि १८ः२० बजेसम्म, उप्रान्त प्रतिपदा, नक्षत्र रोहिणी २०ः२७ बजेसम्म, उप्रान्त मृगशिरा, चन्द्रमा राशि मिथुन, सूर्याेदय ०५ः०७ बजे र सूर्यास्त ०६ः५७ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। अरूको मुख ताक्ने बानीले काम अधुरो रहनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
हातमा आएको रकम तत्काल खर्चनु पर्नेछ। अरूलाई दिएको वचन पु¥याउन नसक्दा आलोचित बन्नुपर्ला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
परिस्थिति सबल नदेखिए पनि मिहिनेतले आशा जगाउनेछ। बुद्धिको उपयोगले केही काम बनाउन सकिनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
भावना बुझ्ने चेष्टा गर्नुहोला । परिवारजनसँग भेटघाट हुनेछ । स्वादिष्ट भोजनको आनन्द लिने अवसर जुट्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सुन्दर पहिरनले व्यक्तित्वमा आकर्षण ल्याउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मनग्य धन आर्जन हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ । खर्चको जोहो गर्न अलि दौडधुप गर्नुपर्ला।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अवसरको खोजीमा आफन्त र परिवारबाट टाढिनुपर्ने हुन सक्छ। छरछिमेकमा असमझदारी बढ्नेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
केही वस्तु त्याग्नुपर्ने हुनसक्छ। उधारोमा व्यापार गर्नुपर्ला । खर्च लागे पनि उपलब्धि हातलागी नहुन सक्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
चुनौती पन्छाउँदै रोकिएका काम गर्नुपर्ने समय छ।आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन्।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
श्रमको उचित मूल्य पाइनेछ । व्यापारमा राम्रै फड्को मार्ने समय छ । छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ।  
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
दिगो फाइदा हुने काम प्रारम्भ होला । साझेदारीबाट पनि फाइदा उठाउन सकिनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
धेरैको मन लोभ्याउन सकिनेछ । सामाजिक कार्यले हौसला प्रदान गर्नेछ । भूमि, वाहन र कर्मयोगबाट लाभ मिल्नेछ।