श्री शालवाहनीय शाके १९४६ ने.सं.११४४ वि.सं.२०८१ साल जेठ २३ गते बुधबार, ५ जुन २०२४, कालयुक्त संवत्सर। ज्येष्ठ कृष्णपक्षको चतुर्दशी तिथि २०ः०९ बजेसम्म, उप्रान्त औंसी, नक्षत्र कृतिका २१ः२८ बजेसम्म, उप्रान्त रोहिणी, चन्द्रमा राशि वृष, सूर्याेदय ०५ः०७ बजे र सूर्यास्त ०६ः५७ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक काम बन्नुका साथै मनग्य धन आर्जन हुनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पहिलेको सफलताले थप हौसला जगाउनेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। विगतका कमजोरी सुधार गर्ने मौका छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मित्रताको बन्धन कसिलो हुनेछ । अनायासै व्यवधान देखा पर्न सक्छ । खर्च बढ्नुका साथै अर्थअभावले सताउनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
फाइदाका लागि दोहो¥याएर प्रयत्न गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ।  
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मिहिनेत गरे पनि त्यति फाइदा नहोला। शुभचिन्तकहरूलाई बेवास्ता गर्नाले पनि दुःख पाइनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
परिस्थितिवश चिताएको काममा बाधा पुग्नेछ। अरूका लागि रकम र बुद्धि खर्चनु पर्ला।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
चिताएको काम पूरा गर्न समय लाग्नेछ । अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्लान्।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
समयअनुसार चल्न नसक्दा अलि दुःख पाइनेछ । भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ।  
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
परिबन्दले समस्या निम्त्याउन सक्छ। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला।  
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मिहिनेतको नतिजा चित्तबुझ्दो नआए पनि चुनौतीभित्र अवसर खोज्ने समय छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मिहिनेत गरे नसोचेको धनलाभ हुनसक्छ। अप्ठ्यारो परिस्थितिमा पनि केही काम सम्पादन हुनेछन्।