श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४४ वि.सं. २०८१ साल जेठ २० गते आइतबार, २ जुन २०२४, कालयुक्त संवत्सर। ज्येष्ठ कृष्ण पक्षको दशमी तिथि ०५ः२७ बजेसम्म, उप्रान्त एकादशी, नक्षत्र रेवती भोलि ०१ः५८ बजेसम्म, उप्रान्त अश्विनी, चन्द्रमा राशि मीन, सूर्योदय ०५ः०८ बजे र सूर्यास्त ०६ः५५ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। आशा देखाउनेहरूको भरपर्दा धोका पाइएला।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
खर्च तथा विवाद बढ्ने समय रहेकाले महŒवाकाङ्क्षी योजनामा अघि नबढ्नुहोला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
नाम र दामका लागि गरिएको प्रयास अपूर्ण देखिए पनि यात्राको प्रक्रिया अघि बढ्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्याङ्कन हुनेछ। पढाइमा ध्यान केन्द्रित हुनेछ।
 सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
व्यापारमा थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आम्दानी बढ्नाले दैनिकीमा परिवर्तन आउन सक्छ।पुरुषार्थी काम गर्दै लक्ष्य प्राप्त गर्ने समय छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
तारिफयोग्य कामको चर्चा हुनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढाउन सकिनेछ। व्यवसायमा फाइदा हुनेछ। वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
श्रममा समर्पित हुँदा पनि कामको मूल्य कम मात्र पाइएला। आफ्नो क्षेत्रमा अरूले हस्तक्षेप गर्न सक्छन्।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
जीवनशैली व्यस्त रहनेछ र उपलब्धिविहीन काममा समय बित्न सक्छ। गरिआएको कामलाई निरन्तरता दिन सकिनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मिहिनेत गर्दा उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। काम रोकिए पनि दिगो योजना बन्नेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सानातिना समस्याले केही अप्ठ्यारो परिस्थिति सिर्जना हुन सक्छ। स्वास्थ्य पनि अलि कमजोर रहनेछ।