श्री शालवाहनीय शाके १९४६ ने.सं.११४४ वि.सं.२०८१ साल जेठ  १८ गते शुक्रबार, ३१ मे २०२४, कालयुक्त संवत्सर। ज्येष्ठ कृष्ण पक्षको सप्तमी तिथि १२ः०६ बजेसम्म, उप्रान्त अष्टमी, नक्षत्र शतभिषा ०६ः३४ बजेसम्म, उप्रान्त पूर्वभाद्र, चन्द्रमा राशि कुम्भ, सूर्याेदय ०५ः०८ बजे र सूर्यास्त ०६ः५४ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आवश्यक भौतिक साधन जुट्नेछन् । आम्दानी बढ्नाले उत्साह जाग्नेछ । श्रमको उचित मूल्य पाइनेछ।  
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
व्यापारमा राम्रै फड्को मार्ने समय छ । छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ । रोकिएको काम बन्नेछ ।  
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
दिगो फाइदा हुने काम प्रारम्भ होला ।  राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ।  
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सामाजिक नेतृत्व हातलागी हुने सम्भावना छ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
जीवनशैलीमा परिवर्तन आउनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
महŒवाकाङ्क्षाले लक्ष्यमा पु¥याउन सक्छ । समयको मागअनुसार चल्न नसक्दा व्यवहारमा पछि परिनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सामाजिक कामको जिम्मेवारी बढ्नेछ। सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । गोपनीयतामा विशेष ध्यान पुर्याउनु होला।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पहिलेका कमजोरी बाहिर आउनाले काममा समस्या पर्ला।परिबन्दले समस्या निम्त्याउन सक्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला ।  जटिल काममा पनि प्रयत्न गरे सकारात्मक सङ्केत देखिनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मिहिनेत गर्दा नसोचेको धनलाभ हुन सक्छ । अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन् ।  
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । कामको चापबाट फुर्सद पाइनेछ। व्यवसायबाट आम्दानी हुनेछ।