श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४४ वि.सं. २०८१ साल जेठ १६ गते बुधबार, २९ मे २०२४, कालयुक्त संवत्सर। ज्येष्ठ कृष्ण पक्षको षष्ठी तिथि १४ः०२ बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र श्रवण ०८ः५६ बजेसम्म, उप्रान्त धनिष्ठा, चन्द्रमा राशि मकर, सूर्याेदय ०५ः०८ बजे र सूर्यास्त ०६ः५३ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
नयाँ कामको प्रस्ताव आउनेछ । रचनात्मक कामले फाइदा दिलाउनेछ । सफलताले थप हौसला जगाउनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। समाजमा स्थापित भइनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
चुनौती पन्छाएर पनि काममा जग बसाउने मौका छ। परिश्रम परे पनि समय फलदायी रहनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सोचेको काम सम्पादन गर्न सकिनेछ । आध्यात्मिक चेतनाले धर्म, कर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । बुद्धि–विवेकले काम सम्पादन गर्न सकिनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समस्या दर्शाउँदा सहयोगीहरूको साथ जुट्नेछ । स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान दिनुहोला।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
चुनौतीको समय रहेको हुँदा अलि सजग रहनुपर्ला । पहिलेका समस्या दोहोरिनाले उत्साहपूर्वक काम गर्न नसकिएला ।  
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
गोपनीयता बाहिरिनाले समस्या पर्ला। आयस्रोत फेला परे पनि धन सङ्ग्रहमा बाधा पुग्नेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धिले लक्ष्य पहिल्याउन सकिनेछ।साथीभाइको सहयोग जुट्नेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
धन तथा ज्ञानको भण्डार बढ्नेछ । अतिथिको रूपमा सत्कार पाइएला । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
रमाइलो यात्रा गराउन सक्छ । विशेष उपहार प्राप्त होला । प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ।  
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्त हुनेछ । मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नेछन् ।