श्री शालवाहनीय शाके १९४६ ने.सं.११४४ वि.सं. २०८१ साल जेठ १४ गते सोमबार, २७ मे २०२४, कालयुक्त संवत्सर । ज्येष्ठ कृष्णपक्षको चतुर्थी तिथि १७ः१३ बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र पूर्वाषाढा १०ः३० बजेसम्म, उप्रान्त उत्तराषाढा, चन्द्रमा राशि धनु, सूर्याेदय ०५ः०९ बजे र सूर्यास्त ०६ः५२ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
नयाँ जिम्मेवारी प्राप्त हुने समय छ। सामाजिक काममा रुचि बढ्नेछ। रोकिएको कामले पनि निकास पाउनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ । राम्रै काम गर्न सकिनेछ । सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कर्मक्षेत्रमा गरिएको साधना सिद्ध हुनेछ। मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रतीक्षित नतिजा कमजोर देखिनाले केही काम दोहोर्याउनु पर्ला। स्वास्थ्य कमजोर रहनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
यात्रा अलि कष्टपूर्ण हुनेछ । गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनु पर्ने हुनसक्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
काम बन्न समय लागे पनि सकारात्मक सङ्केत प्राप्त हुनेछ। अप्ठ्यारो स्थितिमा समेत केही काम बन्नेछन्।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ । मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ । नोकरी तथा व्यवसायमा लाग्नेहरूलाई फाइदा हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
स्रोत–साधन सङ्ग्रह हुनेछन् । कामले धेरैको मन जित्न सकिनेछ । रुचिका विषयमा लगानी बढाउन सकिनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ । पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
चुनौती पन्छाएर काम बनाउन सकिनेछ । शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा पनि विजयी भइनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
भौतिक साधन जुट्नाले दिगो काम सुरु गर्न सकिनेछ। छोटो समयमै विशेष उपलब्धि प्राप्त हुनेछ।