विजयपुर । प्रा.डा. टङ्कप्रसाद न्यौपानेको पुस्तक ‘किरात भाषाहरू र नेपाली भाषाको व्यतिरेकी अध्ययन’ विमोचन गरिएको छ ।

शनिबार महेन्द्र बहुमुखी क्याम्पस धरानको सभाहलमा प्रा.डा. टङ्कप्रसाद न्यौपाने अध्ययन अनुसन्धान केन्द्रको पाँचौं वार्षिकोत्सवका अवसरमा पुस्तकको विमोचन गरिएको हो । पुस्तकको विमोचन कोशी प्रदेशसभा सदस्य रमेशकुमार बस्नेतलगायतले गरे । प्रा.डा. न्यौपानेको पुस्तकमाथि पूर्व कोशी प्रदेश प्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङ र डा. कैलाश राईले टिप्पणी गरे । डा. राईले राई भाषाका लेखका विषयमा टीप्पणी गरेका थिए ।

कार्यक्रममा अनुसन्धान केन्द्रले धरान–१४ हात्तीसारका वृखबहादुर डङ्गोल र ताराकुमारी डङ्गोललाई सम्मानित गरिएको छ । उनीहरूलाई अनुसन्धान केन्द्रको कार्यालय भवन निर्माणका लागि धरान–१४ मा ११ धुर जग्गा प्रदान गरेका थिए । प्रा.डा. न्यौपाने अनुसन्धान केन्द्र पाँचौं वार्षिकोत्सवमा संस्थाले गरेका कार्य तथा गर्ने लक्ष्यका विषयमा पनि जानकारी दिइएको छ । केन्द्रले विभिन्न पुस्तक परिचर्चा, गोष्ठी सेमिनार र वाङ्मयसम्बद्ध विमर्शका कार्यक्रमहरू राष्ट्रिय÷अन्तर्राष्ट्रिय स्तरमा गरेको जनाएको छ ।

केन्द्रका अध्यक्ष प्रा.डा. रमेश घिमिरेले नेपाली तथा नेपालेली भाषा, संस्कृति र साहित्यसम्बन्धी अध्ययन र अनुसन्धानका क्षेत्रमा आफूलाई उपस्थापित गर्ने लक्ष्य लिएको उल्लेख गरे । चालु आर्थिक वर्षभित्रमा नै एक अन्तर्राष्ट्रियस्तरको भाषा÷साहित्य÷संस्कृतिसम्बन्धी कार्यक्रम गर्ने जनाएको छ । भयवाद अध्ययन केन्द्र नेपालको  सहयोग रहेको थियो । कार्यक्रममा प्रा.डा. टोलनाथ काफ्ले, अशोककुमार याम्फूलगायतको उपस्थिति रहेको थियो ।