लाङ्घाली कल्याण समाज हङकङको २० औं वार्षिकोत्सव तथा स्थापना दिवस भव्य रुपमा मनाईएको छ ।

आईतबार नेपाली नयाँ वर्ष २०८१ को अवसर पारेर शुभकामना आदान प्रदान र विभिन्न खेल तथा मनोरञ्जनात्मक कार्यक्रम सहित हङकङको मंकी हिलमा कार्यक्रम मनाइएको हो । समाजका अध्यक्ष निलम थापा मगरको अध्यक्षता तथा नेपाली संघ हङकङका अध्यक्ष प्रदीप थापा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मगर जातीको मौलिक हुर्रा नाच तथा मौलिक परिकारहरु विशेष आकर्षणका रुपमा रहेका थिए ।

hkm

कार्यक्रममा समाजका संस्थापक अध्यक्ष उदय थापा मगर, नेपालका प्रतिनिधिसभा सदस्य डिकबहादुर लिम्बु, समाजका निवर्तमान अध्यक्ष टंक राना, पुर्वअध्यक्ष गोपाल लुंगेली मगर, हर्क राना मगर, हङकङ नेपाली महासंघकी अध्यक्ष रिता गुरुङ, समाजसेवी शोभा थापा मगर, मगर संघ हङकङका अध्यक्ष यामबहादुर बुढाथोकी मगर, नेपाल मगर महिला संघ वैदेशिक विभाग प्रमुख निता थापा मगर, पुन मगर समाज हङकङकी अध्यक्ष गौ देवी पुर्जा पुन मगर लगायत विशेष अतिथिका रुपमा रहेका थिए ।

प्रमुख अतिथी प्रदीप थापा मगरले पानसमा दीप प्रज्वलन गरेर उद्घाटन गरेको कार्यक्रममा अतिथिहरुले शुभकामना व्यक्त गरेका थिए ।