हङकङमा नेपालबाट निर्यात गरिएको अर्गानिक चियापत्तीको व्यापार सुरु गरिएको छ ।

पाँचथर घर भई हाल हङकङमा कार्यरत सेन्छेलुङ चेम्जोङ लिम्बुले हङकङको क्यान्टोन रोड ५६८ मा पहिलो स्टोर सञ्चालनमा ल्याएकी हुन् । स्टोरको शनिबार उद्घाटन गरिएको छ ।

स्टोरबाट थोक तथा खुद्रा चियापत्ती बिक्री वितरण गरिने स्टोरकी संस्थापक सेन्छेलुङको जानकारी दिईन् । हङकङमा रहेका विभिन्न देशका मान्छेहरुलाई नेपाली चिया बारे प्रचार प्रसार गर्नुका साथै व्यवसाय गर्न स्टोर खोलिएको उनले बताईन् । स्टोरमा चियापत्तीसँगै अर्गानिक चिया पिउन पाईने व्यवस्था समेत रहेको छ ।