नेपाली नयाँ वर्ष २०८१को स्वागत गर्दै हङकङ नेपाली अल्पसंख्यक संगठनले पहिलो सांगीतिक साँझ सम्पन्न गरेको छ ।

हङकङको ब्लु ओसन रेष्टुरेन्टमा शनिबार भएको कार्यक्रममा गायक सुमन परियार र टिका सानुले विभिन्न गीत गाएर उपस्थित दर्शक स्रोतलाई नचाएका थिए ।

tika

संगठनका अध्यक्ष विकास नेपालीको अध्यक्षता र पूर्वअध्यक्ष राजु बराईलीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा डिस्ट्रिक काउन्सिलर अरुणा गुरुङ, हङकङ नेपाली महासंघकी अध्यक्ष रिता गुरुङ, एनआरएनए हङकङका अध्यक्ष गोकर्ण ढकाल, डा.सुप्रभा महरा, संगठनका भूतपूर्व अध्यक्षहरु डिल्ली विश्वकर्मा, नविन घमाल लगायत विशेष अतिथिका रुपमा सहभागी थिए ।

hk (3)

hk (1)