समृद्धिको मार्गमा हाम्रो अर्थतन्त्रको विकासमा वित्तीय साक्षरता एक महत्वपूर्ण कारक हो । यसले हाम्रो व्यक्तिगत र राष्ट्रिय अर्थतन्त्रको समृद्धि र स्थिरता प्राप्त गर्न सहयोग पु¥याउँछ । तर, आम जनतालाई वित्तीय साक्षरताको बारेमा अधिक जानकारी नहुँदा उनीहरूको अर्थिक स्थिति र निर्णय लिने क्षमता कम हुन्छ ।

वित्तीय साक्षरता भनेको हाम्रो वित्तीय ज्ञान, वित्तीय क्षमता र वित्तीय नियमका बारेमा हो । यसले हाम्रो बैङ्क, बचत, ऋण, र अन्य वित्तीय सेवाहरू प्रयोग गर्न सहयोग पु¥याउँछ । वित्तीय साक्षरताको अभावले जनमानसलाई विभिन्न वित्तीय समस्याहरूको सामना गर्ने गरी अनेक असुविधा गराउँछ । वित्तीय साक्षरता अब मानव समाजको महत्वपूर्ण आवश्यकता बनेको छ । यसले मानिसहरूलाई वित्तीय सचेतता, वित्तीय नियमका पालना र बजारमा सचेतना प्रदान गर्दछ । वित्तीय साक्षरताको विकासमा विद्यालयहरूको भूमिका अत्यधिक महत्वपूर्ण छ । विद्यालयहरूमा वित्तीय साक्षरता पाठ्यक्रम समावेश गरी वित्तीय शिक्षा प्रदान गर्न सहयोग पुर्याउनु पर्ने नितान्त आवश्यकता रहेको देखिन्छ ।

यसले नवयुवा नागरिकहरूलाई वित्तीय सचेतता र समृद्धिका लागि विश्वास तथा निर्णय लिने क्षमता प्रदान गर्दछ । नेपालको बैङ्किङ क्षेत्र अहिले जनतामा वित्तीय साक्षरताको वृद्धि गर्न खुबै राम्रो प्रदर्शन गर्दै आएको छ । विभिन्न बैङ्किङ सेवाहरूले जनतामा वित्तीय ज्ञानको स्तरलाई अझ उचाइमा ल्याउन सहयोग पुर्याएका छन् । यसको एउटा मुख्य कारण हो वित्तीय सेवाहरूलाई सरल, सुगम र उपयुक्त बनाउने प्रयास । नेपालमा बैङ्किङ संस्थाहरूले मोबाइल बैङ्किङको उपयोग, क्युआर कोड, मोबाइलबाट शेयर ट्रेड, निवेश योजना, ऋण प्रबन्धन/प्रयोग गर्ने गरी जनतामा वित्तीय साक्षरता बढाएका छन् । यसले जनताले सुरक्षित र सुविधाजनक बैङ्किङ सेवाहरू प्राप्त गर्न थालेको छ । मोबाइल बैङ्किङले जनतालाई बैङ्किङ सेवाहरूलाई सरल बनाउने माध्यम प्रदान गरेको छ ।

यसले जनताले घरबाटै बैङ्किङ सम्बोधन गर्न सक्ने बनाएको छ । मोबाइल बैङ्किङले बैङ्किङ सम्बोधन, हिसाब विवरण, लोन आवेदन, बिल भुक्तानी, नियम जानकारी र अन्य केही सेवाहरूलाई मोबाइलबाट उपलब्ध गराएको छ । यसले जनतालाई स्वतन्त्रता र सहजताको अनुभव प्रदान गर्दछ । क्युआर कोडबाट भुक्तानी, बिल पेमेन्ट, खरिद गर्न सकिन्छ । यसले जनताले फारामको कठिनाइ विना बिल भुक्तानी, खरिद गर्न सक्ने सुविधा प्रदान गर्दछ । साथै हाल नेपालीहरूमा लोकप्रिय शब्द बनेको छ– शेयर मार्केट, मोबाइलबाट शेयर ट्रेड गर्ने क्षमताले जनतालाई नजिकैको बैङ्कबाट शेयर किन्ने र बेच्ने सुविधा प्रदान गर्दछ । यसले जनतालाई शेयर बजारमा सहजरूपमा सहयोग प्रदान गर्दछ ।

यसले जनतालाई निर्णय लिने साहसिकता प्रदान गर्दछ र उनीहरूको वित्तीय सचेतता वृद्धि गराउँछ । ऋण प्रबन्धन/प्रयोग गर्ने गरी जनताले ठीकमा लेनदेन गर्न सक्ने, बैङ्कबाट एप्लाई गर्न सक्ने, ऋणको स्टेटस हेर्न सक्ने र ऋण भुक्तानी गर्न सक्ने सुविधा प्राप्त गर्दछ । यसले जनतालाई ऋण प्रबन्धनमा निपुण बनाउँछ र उनीहरूको वित्तीय प्रबन्धनका प्रति सचेतना वृद्धि गराउँछ । संक्षेपमा, नेपालको बैङ्किङ सेक्टरले विभिन्न उपयोगी सेवाहरू प्रदान गरी जनतामा वित्तीय साक्षरताको स्तरलाई उचाइमा ल्याएको छ । यसले जनताले सरल, सुगम र उपयुक्त बैङ्किङ सेवाहरू उपयोग गर्न सकेका छन् र उनीहरूको वित्तीय साक्षरतामा वृद्धि गराएको छ ।
(लेखक आचार्य, माछापुच्छ्रे बैङ्क टङ्कीसिनवारी शाखाका म्यानेजर हुन् ।)