सन् २०२३ मा सिङ्गापुरको कूल रोजगारी ८८ हजार ४०० ले वृद्धि भएको श्रम मन्त्रालयले बिहीबार सार्वजनिक गरेको श्रम बजार प्रतिवेदनले देखाएको छ। 

नयाँ रोजगारीको अवसर पाउनेमध्ये ८३ हजार ५ सय गैर–आवासीय र चार हजार ९ सय स्थानीय रहेका छन्।

सिङ्गापुरका बासिन्दाहरूको लागि अधिकांश नयाँ रोजगारीको अवसर निर्माण, विनिर्माण र वित्तीय सेवाजस्ता उच्च–भुक्तानीका क्षेत्रमा रहेको देखिएको प्रतिवेदनमा उल्लेख छ।प्रतिवेदनअनुसार सन् २०२३ को डिसेम्बरसम्ममा सिङ्गापुरमा आप्रवासी घरेलु कामदारबाहेक अन्य ३७ लाखभन्दा बढी कामदार कार्यरत छन्।

सन् २०२२ मा छ हजार ४ सय ४० रहेको व्यक्तिको रोजगारी कटौती भएकोमा सन् २०२३ मा यो सङ्ख्यामा वृद्धि भई १४ हजार ५ सय ९० पुगेको छ। गत बर्ष सिङ्गापुरको दीर्घकालीन बेरोजगारी दर ०।७ प्रतिशतमा स्थिर रहेको थियो।