विराटनगर । कोशी अस्पताल विकास समिति कर्मचारी युनियन इकाइको अध्यक्षमा डाक्टर रोशन खड्का निर्वाचित भएका छन् ।

विराटनगरमा मङ्गलबार भएको इकाइको दोस्रो जिल्ला अधिवेशनबाट उमेशकुमार यादवलाई भारी मतअन्तरले हराउँदै खड्का अध्यक्षमा निर्वाचित भएका हुन् । मङ्गलबार राति आएको मत परिणामअनुसार खड्काले २ सय १८ मत ल्याएर अध्यक्षमा निर्वाचत हुँदा उनका प्रतिस्पर्धी उमेशकुमार यादवले ३५ मत मात्र पाए । उपाध्यक्षमा इन्दिरा भण्डारी १ सय ३५ मत ल्याएर निर्वाचित भइन् । उनकी प्रतिस्पर्धी रेजिना राईले १ सय १६ मत पाइन् ।

सचिवमा आनन्दकुमार सरदारले १ सय २६ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी सुनिल कामतले १ सय ८ मत ल्याए । सह–सचिवमा ओमप्रकाश यादवले १ सय ३८ मत ल्याएर निर्वाचित भए । उनका प्रतिस्पर्धीले पर्वत कार्कीले १ सय ७ मत पाए । कोषाध्यक्षमा चन्दन यादवले १ सय ४३ मत ल्याएर विजय भए । उनका प्रतिस्धर्पी विष्णुप्रसाद शर्माले १ सय ३ मत ल्याए ।

यसैगरी सदस्यहरूमा विद्यालक्ष्मी सुवेदीले १ सय ४८, डा. भूपेशमान राजभण्डारीले २ सय ४, बाबुराम गौतमले १ सय ७०, रमेश कुरमा राजवंशीले १ सय ५४, जितनारायण चौधरीले १ सय ५५, विजय डोमले १४०, सुवास निरौलाले १ सय ५९, सविना चौधरीले १ सय ८१, मोहनप्रसाद पौडेलले १ सय ५२, अनिलकुमार झाले १ सय ३६, चन्देश्वर साहले १ सय ५३, यशोदा तामाङले १ सय ५०, गङ्गादेवी कार्कीले १ सय ५६ मत ल्याएर निर्वाचित भए ।

कोशी अस्पताल विकास समिति कर्मचारी युनियन इकाइमा ३ सय ३० जना मतदाता आबद्ध रहेका छन् । ३ सय ३० मा २ सय ७३ मत खसेको थियो । कोशी अस्पताल विकास समितिले नियुक्त गरेका कर्मचारीहरू इकामा आबद्ध रहेका छन् ।