धरान । नेपाली काङ्ग्रेस धरान ५ नं. वडाले आयोजना गरेको रक्तदान कार्यक्रममा ७८ युनिट रगत सङ्कलन भएको छ ।

कार्यक्रममा ५४ पुरुष र २४ महिलाले रक्तदान गरेका थिए । नेपाल रेडक्रस सोसाइटी सुनसरीको प्राविधिक सहयोगमा आयोजना गरिएको रक्तदान कार्यक्रमको उद्घाटन नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापति सुजेन्द्र गोले तामाङले गरे । पार्टीको नीतिअनुरूप रक्तदान कार्यक्रम गरिएको वडा सभापति कुमार देवानले जानकारी दिए ।

कार्यक्रममा नगर सभापति श्याम पोखरेल, सचिव हिमाल श्रेष्ठ, हिमाली मा.वि.का प्रधानाध्यपाक एमकुमार खत्री, देउराली चिल्ड्रेन एकेडेमीका प्रिन्सिपल नवीन गौतमलगायत सहभागी थिए । कार्यक्रममा रक्तदातालाई प्रशंसा–पत्र प्रदान गरिएको थियो ।