कतारले भारतका आठ पूर्वनौसेना कर्मचारीको सजाय घटाएको भारतको विदेश मन्त्रालयले बिहीबार बताएको छ । उनीहरूलाई कथितरूपमा इजराइलका लागि जासुसी गरेको आरोपमा गिरफ्तार गरिएको थियो र मृत्युदण्डको सजाय सुनाइएको थियो । 

पूर्वउच्चपदस्थ तथा सम्मानित अधिकारीसमेत रहेका आठ भारतीय नागरिकलाई सन् २०२२ अगस्टमा दोहामा गिरफ्तार गरिएको भारतीय सञ्चारमाध्यमले बताएका छन्। गिरफ्तार हुनेमा कुनै बेला युद्धपोतको कमान्ड सम्हाल्ने कप्तान पनि रहेका थिए । 

अक्टोबरमा कतारको अदालतले उनीहरूलाई मृत्युदण्डको सजाय सुनाएकामा आफू ‘स्तब्ध’ भएको भारतले बताएको थियो । बिहीबार विदेश मन्त्रालयले विज्ञप्तिमा थप विवरण उल्लेख नगरी सजाय घटाइएको बताएको छ। कतारले उक्त मुद्दाका बारेमा कुनै टिप्पणी गरेको छैन र आरोपहरू सार्वजनिक गरिएको छैन। 

अदालतमा भारतका राजदूत तथा परिवारका सदस्य पुनरावेदनको सुनुवाइमा थिए भन्दै नयाँदिल्लीले भनेको छ, “सरकार कतारका अधिकारीहरूसँग मुद्दालाई उठाउन जारी राख्नेछ, मुद्दाको गोपनीय र संवेदनशील प्रकृतिका कारण थप टिप्पणी गर्नु उचित छैन ।”

विदेश मन्त्रालयको वेबसाइटअनुसार आठ पूर्वकर्मचारी खाडीस्थित कम्पनी अल दहराका कर्मचारी थिए । उक्त कम्पनीले एयरोस्पेस, सुरक्षा तथा रक्षा क्षेत्रमा ‘पूर्ण समर्थन समाधान’ प्रदान गर्दछ। 

हिन्दू अखबारका अनुसार उनीहरूले ‘तेस्रो मुलुक’ का लागि जासुसी गरिरहेका थिए । टाइम्स अफ इन्डियाले भनेको छ, “उनीहरूलाई इजराइलका लागि जासुसी गरेको आरोप लगाइएको विभिन्न रिपोर्टमा दाबी गरिएको छ ।” इजराइल सरकारले उक्त मामिलामा कुनै प्रतिक्रिया दिएको छैन। 

हमासका लागि राजनीतिक ब्युरोको आतिथ्यता गर्ने तथा गाजालाई वित्तीय सहयोग गर्ने कतारलाई प्यालेस्टिनी सशस्त्र समूह हमास र इजराइलबीच बन्दीहरूको आदानप्रदानका लागि मध्यस्थता प्रयासहरूसँग जोडिएको छ। 

कतारले भारतका आठ पूर्वनौसेना कर्मचारीको सजाय घटाएको भारतको विदेश मन्त्रालयले बिहीबार बताएको छ । उनीहरूलाई कथितरूपमा इजराइलका लागि जासुसी गरेको आरोपमा गिरफ्तार गरिएको थियो र मृत्युदण्डको सजाय सुनाइएको थियो । 

पूर्वउच्चपदस्थ तथा सम्मानित अधिकारीसमेत रहेका आठ भारतीय नागरिकलाई सन् २०२२ अगस्टमा दोहामा गिरफ्तार गरिएको भारतीय सञ्चारमाध्यमले बताएका छन्। गिरफ्तार हुनेमा कुनै बेला युद्धपोतको कमान्ड सम्हाल्ने कप्तान पनि रहेका थिए। 

अक्टोबरमा कतारको अदालतले उनीहरूलाई मृत्युदण्डको सजाय सुनाएकामा आफू ‘स्तब्ध’ भएको भारतले बताएको थियो । बिहीबार विदेश मन्त्रालयले विज्ञप्तिमा थप विवरण उल्लेख नगरी सजाय घटाइएको बताएको छ । कतारले उक्त मुद्दाका बारेमा कुनै टिप्पणी गरेको छैन र आरोपहरू सार्वजनिक गरिएको छैन। 

अदालतमा भारतका राजदूत तथा परिवारका सदस्य पुनरावेदनको सुनुवाइमा थिए भन्दै नयाँदिल्लीले भनेको छ, “सरकार कतारका अधिकारीहरूसँग मुद्दालाई उठाउन जारी राख्नेछ, मुद्दाको गोपनीय र संवेदनशील प्रकृतिका कारण थप टिप्पणी गर्नु उचित छैन ।”

विदेश मन्त्रालयको वेबसाइटअनुसार आठ पूर्वकर्मचारी खाडीस्थित कम्पनी अल दहराका कर्मचारी थिए। उक्त कम्पनीले एयरोस्पेस, सुरक्षा तथा रक्षा क्षेत्रमा ‘पूर्ण समर्थन समाधान’ प्रदान गर्दछ। हिन्दू अखबारका अनुसार उनीहरूले ‘तेस्रो मुलुक’ का लागि जासुसी गरिरहेका थिए। टाइम्स अफ इन्डियाले भनेको छ, “उनीहरूलाई इजराइलका लागि जासुसी गरेको आरोप लगाइएको विभिन्न रिपोर्टमा दाबी गरिएको छ ।” इजराइल सरकारले उक्त मामिलामा कुनै प्रतिक्रिया दिएको छैन। 

हमासका लागि राजनीतिक ब्युरोको आतिथ्यता गर्ने तथा गाजालाई वित्तीय सहयोग गर्ने कतारलाई प्यालेस्टिनी सशस्त्र समूह हमास र इजराइलबीच बन्दीहरूको आदानप्रदानका लागि मध्यस्थता प्रयासहरूसँग जोडिएको छ ।