Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • राष्ट्रिय
  • ‘घरजग्गा कारोबारको हदबन्दी हटाउन सरकार प्रयत्नशील छ’

‘घरजग्गा कारोबारको हदबन्दी हटाउन सरकार प्रयत्नशील छ’

alt
  • पुस १२, २०८०
  • ब्लाष्ट खबर

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले घरजग्गा कारोबारमा रहेको हदबन्दी हटाउन सरकार प्रयत्नशील रहेको बताए।

नेपाल आवास तथा जग्गा विकास सङ्घको आयोजनामा आजदेखि सुरु भएको (आठौँ घरजग्गा मेला) को उद्घाटन गर्दै उनले भूमि व्यवस्था मन्त्रालयको अधिकार क्षेत्रअन्तर्गत पर्ने विषयमा मन्त्रालयले निरन्तर रुपमा कानुनी सुधार गर्दै आएको बताए।

“भूउपयोग ऐन, २०७६ लाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न नेपाल सरकारबाट जारी भएको भूउपयोग नियमावली, २०७९ मा पहिलो संशोधन गरी कित्ता काटको प्रक्रियालाई सहजीकरण गरेका छौँ, हदबन्दी समस्या हटाउन सरकार प्रयत्नशील छ”, उनले भने। मन्त्री श्रेष्ठले ‘रियल स्टेट’ क्षेत्रको विकासमा महत्वपूर्ण प्रभाव पार्ने जग्गाको हदबन्दी हटाउने विषयलाई मन्त्रालयले राम्रोसँग बुझेको र सोहीअनुसार काम गरिरहेको उल्लेख गरे। उनले प्रभावकारी भूमिबजार प्रणालीको स्थापनाले घरजग्गा कारोबार निष्पक्ष, पारदर्शी एवं सहज भई यस क्षेत्रमा विश्वास र स्थायित्वको वातावरण सिर्जना हुने भएकाले भूमि बजार सम्बन्धी कानुन निर्माणतर्फ पनि सरकार अघि बढिरहेको बताए। नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले सरकारले व्यवसायीलाई खुला ढङ्गले काम गर्ने वातावरण निर्माण गर्नुपर्ने बताए। “मन्दीमा रहेको नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन आठौँ घरजग्गा मेलाले सहयोग पुग्ने विश्वास लिएको छु”, उनले भने। अध्यक्ष मल्लले नेपालमा घरजग्गा कारोबारबाट वार्षिक ५० अर्बभन्दा बढी राजस्व सङ्कलन भइरहेकाले यस क्षेत्रलाई चलायमान बनाउनका लागि राज्यले विशेष भूमिका खेल्नुपर्ने बताए। नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले पछिल्लो समय निजी क्षेत्रले अर्थतन्त्र ठिक गतिमा गएको महसुस गरिरहेको उल्लेख गर्दै पूर्वाधारमा लगानी गर्ने वातावरण बनाउन सरकारलाई आग्रह गरेका छन्। उनले सरकारले निर्माण व्यवसायीको भुक्तानी हुन बाँकी ४० अर्ब चाँडो भुक्तानी गर्नुपर्ने बताए। सङ्घका वरिष्ठ उपाध्यक्ष एवं सिडि इनोभेटिभ डिजाइन एण्ड कन्ट्रक्सन प्रालिका अध्यक्ष इञ्जिनीयर दिपक कुँवरले घरजग्गा मेलाले क्रेता तथा बिक्रेताबीचको असमझदारीलाई सम्बोधन गर्ने र अहिलेको अवस्थामा आर्थिक अवस्थालाई चलायमान बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले सुरक्षित आवासको क्षेत्रमा योगदान दिएका घरजग्गा व्यवसायीका समस्या समाधानका लागि मन्त्रालयले आवश्यक नीति नियमलाई सुधार गर्न आवश्यक रहेको उल्लेख गरे। मेलामा २५ कक्ष घरजग्गासँग सम्बन्धित र बाँकी घरजग्गासँग सम्बन्धित बैंक तथा फाइनान्स कम्पनी, इन्स्योरेन्स कम्पनीका कक्षका साथै होम एप्लाइन्स, टायल्स, सेनिटरी, फर्निचर, विद्युतीय सामग्री, सिमेन्ट, सजावटका सामान, स्टिल, फर्निचर, सिसा, काठ, ढुङ्गालगायत निर्माण सामग्री राखिएका छन्।
सङ्घका अध्यक्ष विदुर धमलाले चार दिनसम्म चल्ने मेलाको एक लाख ५० हजार व्यक्तिले अवलोकन गर्ने र दुई अब ५० करोडभन्दा बढी मूल्यको कारोबार हुने बताए।

सम्बन्धित समाचार
आगलागीमा परी वृद्धको मृत्यु

सङ्खुवासभा । चैनपुर नगरपालिका–४ मैदानेमा आगलागीमा परी एक वृद्धको  मृत् ...

सुनको मूल्य निरन्तर उकालोतिर

काठमाडौँ । गत शुक्रबारको तुलनामा आज सुनको मूल्यमा वृद्धि भएको छ । सुन तोलाम ...

धरान उपमहानगरले मनमौजी घटायो बसपार्कको ठेक्का रकम

धरान । धरान उपमहानगरपालिकाले धरानको टर्मिनलसहितको आधुनिक बसपार्कको ठेक्कामा ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
आगलागीमा परी वृद्धको मृत्यु
सुनको मूल्य निरन्तर उकालोतिर
धरान उपमहानगरले मनमौजी घटायो बसपार्कको ठेक्का रकम
नेपाली काङ्ग्रेसका उम्मेदवार सिफारिस: ‘पुस्तान्तरण’ गफमै सीमित, ‘टेष्टेड र वृद्ध’ नेताकै वर्चस्व
युके पठाइदिने नाममा ठगी
याक्थुङ संस्कृतिको सुन्दर ‘मिम्लेनफुङ’
स्काउटद्वारा बृहत् साहसिक क्रियाकलापको तयारी
आजको राशिफलः २०८२ साल मङ्सिर २८ गते आइतबार
मुद्रण उद्योग संघ झापाको आठौं वार्षिक साधारणसभा सम्पन्न
सुनचाँदीको मूल्य निरन्तर उकालोतिर
भिजिट भिसाका मुख्य नाइकेसहित सातविरुद्ध मुद्दा
कोशी संसद् ठप्प पारेर मन्त्रीहरू एमालेको महाधिवेशनमा
कामधेनुको अनियमितताबारे बोल्दा शेयर सदस्य चैट
“श्रम संस्कृतिले आउँदो निर्वाचनमा बहुमत ल्याउँछ”
९२१ केजी गाँजा बरामद
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved