श्री शालवाहनीय शाके १९४३ ने.सं.११४३ वि.सं. २०८० साल पुस ५ गते बिहीबार, २१ डिसेम्बर २०२३, पिङ्गलनाम संवत्सर। मार्ग शुक्लपक्षको नवमी तिथि ०९ः५७ बजेसम्म, उप्रान्त दशमी, नक्षत्र रेवती २२ः२७ बजेसम्म, उप्रान्त अश्विनी, चन्द्रमा राशि मीन, सूर्याेदय ०६ः४९ बजे र सूर्यास्त ०५ः१३ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अरूको करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
छरछिमेकमा असमझदारी बढ्नेछ। उधारोमा व्यापार गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुनसक्छ। स्वाभिमानका लागि लाभांश छोड्नुपर्ला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आकस्मिक खर्चले मन अताल्लिए पनि लामो यात्रा गर्ने अवसर जुट्नेछ।सोचेको कार्य पूरा नहुन सक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
लगानीतर्फ लागत बढ्नेछ। कामको राम्रै मूल्याङ्कन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आफ्नो लाभांशमाथि अरूले दाबी–विरोध गर्न सक्छन्। अरूको मुख ताक्ने बानीले पछि परिनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
पछिका लागि गरिएको लगानीले अवश्यै फाइदा दिनेछ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मिहिनेत गर्दा कार्यसिद्धिको समय छ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सामाजिक नेतृत्व हातलागी हुनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
विशिष्ट व्यक्तिको सहयोग जुट्नाले महत्वाकाङ्क्षी काम बन्नेछ।दिन राम्रो रहेको छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। पछिका लागि सम्भावना खोजी गर्ने समय छ।