उत्तरपूर्वी अस्ट्रेलियामा सोमबार अचानक आएको बाढीले बाटो काटेर गोहीहरूलाई सहरहरूमा बगाउँदा अलपत्र परेका बासिन्दाहरू अस्पतालको छतमा आश्रय लिएका छन् । उद्धार टोलीले रातभरिमा तीन सयभन्दा बढी मानिसलाई बाहिर निकालेको र बाढीबाट कटान भएको इलाकामा सहयोगका लागि सैन्य हेलिकप्टर पठाइएको प्रहरीले बताएको छ । 

उत्तरी क्विन्सल्यान्डमा करिब चार सय किलोमिटरसम्म फैलिएको समद्री तटवर्ती क्षेत्रमा क्षतिको सूचना प्राप्त भएको थियो । सोमबारको बाढीले क्विन्सल्यान्डमा अर्बौं डलरको क्षति हुने कोषाध्यक्ष क्यामरन डिकले बताएका छन् ।

वुजल वुुजलको आदिवासी बस्तीस्थित अस्पतालको छतमा बिरामीसहित नौ जना सुरक्षाका लागि रातभर झुन्डिएर बसेका थिए । मानिसहरू अहिले निराश मुद्रामा रहेको वुजल वुजल आदिवासी शायर काउन्सिलका प्रमुख कार्यकारी किले ह्यान्सलोले बताएका छन्।   

प्रहरीका अनुसार सोमबार दिउँसो बाढीको पानी बढ्नुअघि मानिसहरू सुरक्षित स्थानमा चढेका छन्। उष्णकटिबन्धीय वर्षावनको पहाडी भित्री क्षेत्रले घेरिएको दुर्गम वुजल वुजल अस्ट्रेलियाको सबैभन्दा वेफाइदाजनक क्षेत्रमध्येको एक हो ।   

सहरको केन्द्र फोहोर पानी र हिलोले भरिएको ह्यान्सलोले बताउनुभयो । “उक्त पानीमा अहिले गोहीहरू पौडी खेलिरहेका छन्”, उनले भने