श्रीलङ्काको प्रहरीले हालै सञ्चालन गरेको विशेष अभियानमा विभिन्न अपराधमा संलग्न रहेको आशङ्कामा २ हजार १२१ व्यक्तिलाई पक्राउ गरेको छ।

प्रहरी प्रवक्ता निहाल थल्दुवाले सञ्चारकर्मीलाई बताए अनुसार कारबाहीका क्रममा विभिन्न  किसिमका लागुऔषध पनि बरामद गरिएको छ। त्यसै गरी थप अनुसन्धानका लागि १२ संदिग्ध व्यक्तिलाई थुनामा राखिएको र १ सय ३३ जनालाई पुनःस्थापनाका लागि पठाइएको बताइएको छ ।

श्रीलङ्काको प्रहरीले आइतबारदेखि विशेष अभियान शुरु गरेको छ ।