आइतबार साँझदेखि परेको हिमपातका कारण सोमबार बिहानदेखि बेइजिङमा सडक यातायात अवरुद्ध भएको छ ।

आइतबार साँझ ७ बजेदेखि सोमबार बिहान ८ बजेसम्ममा बेइजिङ शहरमा औसत ५.७ मिमी हिमवर्षा भएको छ । 

बेइजिङ मौसम विज्ञान सेवाले उपलब्ध गराएको तथ्याङ्कअनुसार सबैभन्दा बढी हिमवर्षा भएको फाङशान जिल्लामा १०.२ मिलिमिटरसम्म हिउ जमेकोे छ ।

शहरको मौसम केन्द्रले सोमबार पनि हल्का हिमपात जारी रहन र अपराह्न ४ः५० बजेपछि हिउँवर्षा कम हुने जानकारी गराएको छ । 

चीनमा चार तहको मौसम चेतावनी प्रणाली छ, जसमा रातो रङले सबैभन्दा गम्भीर चेतावनीको प्रतिनिधित्व गर्दछ भने त्यसपछि सुन्तला, पहेंलो र नीलोले क्रमशः घट्दो जोखिमलाई सङ्केत गर्दछ ।

मौसम पूर्वानुमानअनुसार सोमबार पनि हल्का हिमपात जारी रहनेछ ।