पेरुका पूर्व राष्ट्रपति अल्बर्टो फुजिमोरी बुधबार रिहा भएका छन्। मानवता विरुद्धको अपराधमा उनले २५ वर्षे जेल सजाय भोगिरहेको संवैधानिक अदालतले मङ्गलबार तत्काल रिहा आदेश जारी गरेपछि उनि जेलमुक्त भएका छन्। 

फुजिमोरी साँझ ६ः३० बजे लिमाको एटे जिल्लास्थित बार्बाडिलो कारागारबाट बाहिर निस्किएका  हुन। रिहाइपछि  उनले परिवारका सदस्यहरू केइको र केन्जी फुजिमोरीले भेटेका थियो ।

केही समय अघि  नेसनल पेनिटेन्शियरी इन्स्टिच्युटले सामाजिक सञ्जाल मार्फत उनको रिहाइको प्रक्रिया अगाडि बढेको जनाएको थियो ।