श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४४ वि.सं. २०८० साल मङ्सिर १२ गते मङ्गलबार, २८ नोभेम्बर २०२३, पिङ्गलनाम संवत्सर । मार्ग कृष्णपक्षको प्रतिपदा तिथि १४ः२१ बजेसम्म उप्रान्त द्वितीया, नक्षत्र रोहिणी १३ः४५ बजेसम्म, उप्रान्त मृगशिरा, चन्द्रमा राशि वृष, सूर्योदय ०६ः३४ बजे र सूर्यास्त ०५ः०८ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। 

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ हुने समय छ।  

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ । बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ। रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । समयमै काम सम्पादन गर्न सकिनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। काममा विशेष अवसर प्राप्त हुनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
पहिलेको सफलताले पनि हौसला जगाउनेछ। व्यापारमा मनग्य फाइदा हुनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आकस्मिक खर्च बढ्नुका साथै अर्थ अभाव देखापर्न सक्छ। आम्दानीका स्रोत भने कमजोर बन्नेछन्।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
बेलैमा होस नपुग्नाले फाइदा गुम्न सक्छ। काममा हस्तक्षेप गर्नेहरू सक्रिय हुनेछन्। 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला । आफ्नाबाटै टाढिनुपर्ने स्थिति आउन सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ। धेरै मिहिनेत परे  पनि थोरैमात्र फल प्राप्त हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आम्दानीका विभिन्न स्रोत देखिए पनि लगानीतर्फ लागत बढ्ने समय छ। प्रतिफल हातपार्न नसकिएला ।